काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।
पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।
सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए । अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।
राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने
नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो ।
बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिए ।
शुक्रबार र शनिबार चलेको बैठकमा मोर्चा फाँटका उपप्रमुख भवेश्वर पराजुलीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कलाकारले सिर्जना गर्ने विषयवस्तुले समाजलाई सकारात्मक रुपान्तरण गर्न प्रभाव पार्ने बताए । महासङ्घका अध्यक्ष धमलाले परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा कलाकारको सहभागिता रहेको भए पनि लोकतन्त्रको रक्षाका लागि पुनः कलाकार एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: