Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नारायणपुर विमानस्थलको इआइए गरिँदै

खबरडबली संवाददाता

दाङ । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । 

प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले इआइए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए । 

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका–८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि इआइए थालिएको उनले बताए । “तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ । 

दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ । अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ । उक्त धावनमार्ग विस्तारका लागि इआइए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो ।

केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोली टरिगाउँ विमानस्थलमा पुगेर केन्द्र सरकारसँग समन्वय गरी प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending