Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

तातोपानी नाका आंशिक निर्यातमा सीमित

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।  निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् । 

“निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्”, तातोपानी भन्सार कार्यालयका  अधिकृत दयादन्द केसीले बताए । निर्यातका लागि खुलेपनि आंशिक भइरहेको उनको भनाइ छ । 

अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडिबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पुर्याउन सक्नेछन् । “मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन निकासी मात्रै हो”, प्रमुख भन्सार अधिकृत केसीले भने । तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ । 

उनका अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयन बाहेक पाँच सय नेपाली स्थायी झैँं बसोबास गरेका थिए । तर खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्ताकला सामग्री बाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएकोे भन्सार अधिकृत केसी बताउँछन् ।

अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६/७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीले खासासम्म आफूहरु जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरेपनि उनीहरु सकरात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन् ।यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा ‘क्यू सिस्टम’मा छ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् । 

चालु आर्थिक वर्षमा रु चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा अहिलेसम्म रु दुई अर्ब २० करोड उठेको छ । अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउँछन् ।  अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ । जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार, विद्यालय पुनर्संरचना पनि अघि बढाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...

ई–पासपोर्ट खरिद प्रकरण: आरजु राणालाई बयानका लागि अख्तियारको बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...

संसदमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...

चिया उद्योग संकटमा, भारतसँग तत्काल वार्ताको पहल गर्न नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...

नवप्रवर्तन मन्त्रालयलाई चार अर्ब बजेट, अधिकांश रकम कार्यक्रमविहीन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरि...

मनसुन विपद् व्यवस्थापनमा प्रविधि र द्रुत उद्धारमा जोड : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।...

इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेको छन् । ...

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न सांसद मल्लको आग्रह

काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending