Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कैलालीमा भुपेन्द्रको हत्या गर्ने समूहका नाइकेले गरे आत्मसमर्पण

खबरडबली संवाददाता

काठमाडौँ।  कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतबार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्।

अदालत स्रोतका अनुसार आजै उनको बयान पनि लिइएको छ तर आदेश भने हुन बाँकी छ। सम्भवतः सोमबार आदेश जारी हुनेछ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्रको २०७८ कात्तिक २३ गते राति हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी साँध्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भएको थियो।

त्यसपछि बडुवाल हत्याको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैद सजाय भुक्तान गरिरहेका छन्। 

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज दिपेन्द्र शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय दीपक भनिने निशान मल्ल, लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय मदन शाही, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का थिए। 

टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर, बर्दियाकै ठाकुरबाबा नगरपालिका–३ का सन्तोष भनिने सविनजंग शाही र टीकापुर(१ का २७ वर्षीय विकास शेरचनसहित पक्राउ परेका थिए। 

उनीहरुलाई सुर्खेत, अछाम, बर्दिया, काठमाडौं, नेपालगञ्जबाट पक्राउ गरेर कारागार चलान गरिएको थियो।

तर सो घटनाका मुख्य अभियुक्त लम्कीचुहा–३ का २७ वर्षीय नवीन रावल भने त्यो बेला फरार भएर भारतमा पसेको प्रहरीले बताएको थियो। उनै रावलले अहिले अदालतसमक्ष आत्मसमर्पण गरेका हुन्।

अन्य २६ वर्षीय अनोज भनिने चिरन्जीवी विक्रम शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह,  लम्कीचुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्कीचुहा–३ का ३८ को लोकजंग शाही, बर्दियाको गरुवा गाउँपालिका–५का २२ वर्षीय हेमन्त शाही गरी ८ जना भने हालसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। उनीहरु पनि भारतमा लुकेको हुनसक्ने प्रहरीको आशंका छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending