काठमाडौं । नक्कलि भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझि भुमिगत भएका छन् ।
बुधबार दिनभरी सुरक्षाघेराबिच अर्घाखाँचीको कार्यक्रममा रहेका रायमाझि रुपन्देही झरेपछि भुमिगत भएका हुन् ।
सभामुख देवराज घिमिरेसँगै बुधबार दिनभर कार्यक्रममा रहेका रायमाझि घिमिरेसँगै बुधबार बेलुकी रुपन्देही झरेका थिए । घिमिरे काठमाडौं फर्किसकेका छन् भने बुधबार बेलुकीबाट रायमाझि सम्पर्कविहिन भएका हुन् ।
उनको साथमै रहेका नेपाल प्रहरीका पिएसओलाई काठमाडौंमै छोडेर अघाखाँची पुगेका रायमाझि रुपन्देहीबाट सम्र्पकविहिन भएका थिए ।
काठमाडौं प्रहरीले रायमाझि लगायतकालाई नक्कलि भुटानी शरणार्थी प्रकरणमा छानविनको माग गर्दै अदालतबाट बुधबार पक्राउ पुर्जी दिलाएपछि रायमाझि वेपत्ता भएका हुन् ।
रायमाझिका छोरा सन्दीप रायमाझिलाई बुधबार साँझ नै बुटबलबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । रायमाझि पनि काठमाडौं आएलगत्तै हिरासतमा लिने प्रहरीको तयारी थियो ।
यसअघि पुुर्व गृहमन्त्रीका सल्लाहाकार इन्द्रजित राई, पुर्व गृहसचिव तथा बहाल सचिव टेक नारयण पाण्डे, गिरोहका नाइके केशव दुलाल, गिरोहकै सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परीसकेका छन्।
पक्राउपुर्जी जारी भएका पुर्व गृहमन्त्रीका छोरा प्रतिक थापाले छानविनमा सहयोग गर्ने बताएपनि उनले आत्मसमर्पण गरिसकेका छैनन् ।
काठमाडौं प्रहरीका अनुसार शरणार्थी प्रकरणमा अझै केही भिआइपिसहित एक दर्जन गिरफ्तार हुन सक्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - १७:२८
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
प्रतिकृया लेख्नुहोस्: