Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

के टोपबहादुर जोगाउन लागेको हो एमाले?

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी यतिबेला विवादमा छन्।

उनी मन्त्री बनेका समयमा नक्कली शरणार्थी खडा गरेर रकम असुलेको विषयमा विवादित छन्। उनलाई अनुसन्धान गर्न प्रहरीले पक्राउ पुर्जी जारी समेत गरेको छ।

यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन्। यसबीचमा उनलाई नेकपा एमाले बचाउन लागेको भन्दै आलोचना भइरहेको छ।

यससन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री   पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारमा प्रचण्डसँग ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोप लागेका रायमाझीको विषयमा छलफल गरेका हुन् । 

छलफलपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । 

उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढंगले एक्सन लिने काम भएको पनि बताए । ‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने? त्यस्तो खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

उनले बुधबार बेलुका रायमाझीसँग आफ्नो कुरा भएको खुलाए । ‘मैले बेलुका कुरा गरेको थिएँ । यस्तो सुन्छु नि तपाईँलाई पक्राउ पुर्जी भनेको के  हो ? केही जानकारी छ भन्दा मैले आईजीपीलाई सोधेँ त्यस्तो होइन, यसबारे स्पष्ट पार्दिनुपर्ला भनेर भनेको छ त्यस्तो होइन । भोलि काठमाडौँ आउँछु भन्याथ्यो,’ उनले भने । 

अहिले पक्राउ परेको समेत खबर आफूले सुनेको भन्दै ओलीले यसबारे अस्पष्ट भएको बताए । 

ओलीले नक्कली शरणार्थी  बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको पनि बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, ओलीले भने । 

निर्दोष पर्न नहुनेतर्फ पार्टी सचेत रहेको उल्लेख गर्दै ओलीले दोषी भने उम्कन नमिल्ने बताए । ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ’, ओलीले भने ।

तर एमाले संगठित रुपमा भने रायमाझीलाई बचाउन लागेको देखिदैन। शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न एमालेका दोस्रो स्तरका नेताको आह्वान छ। आफूहरु सोही घटनालाई निष्पक्ष छानबिनमा सघाउने एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्।

उनी एमाले न्यायको पक्षमा रहेको भन्दै कुनै पनि हालतमा दोषी उम्कन दिनुहुन्न भन्ने पक्षमा रहेको सुनाउँछन्। ओलीले प्रधानमन्त्रीसँग घटनाबारे बुझ्न मात्र चाहेको ज्ञवालीले बताए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending