Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्राङ्गारिक खेतीमा लागेपछि किसानलाई सहज

खबरडबली संवाददाता

महोत्तरी । बजारमा तरकारी बिसाउनासाथ किसान चन्देश्वर राय दनुवारको वरीपरी ग्राहक झुम्मिहालछन् । उनको तरकारी एकैछिनमा बिक्री हुन्छ । तरकारी खेतीमा विषादीको प्रयोग नगर्ने महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरका दनुवारले उत्पादन गरेको तरकारी ग्राहकले खोजीखोजी किन्ने गरेका छन् । 

“तरकारीको भारी बिसाउना बिक्री सुरु भइहाल्छ भने एकैछिनमा सकिन्छ पनि”, उनले भने, “ “मूल्यमा पनि खासै मोलमोलाई हुँदैन, एकैछिनमा तरकारी बिक्री गरी घर फर्किहाल्छु ।” 

उनले डेढ दशकअघि तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग थिए । तर त्यो तरकारी आफ्नै भान्सामा पनि प्रयोग हुने र यसले स्वास्थ्यमा असर गर्ने थाहा पाएपछि भने उनले विषादीको प्रयोग छाडेको हो । 

“नाकमुख नै छोपेर तरकारीका बोटमा विष छरिन्थ्यो, चिचिलामा लागेका किरा मार्न विष नै प्रयोग हुन्थ्यो” दनुवारले पुराना कुरा सम्झदै भने, “उत्पादित तरकारी त आफ्नै भान्सामा पनि पाक्थ्यो, यसले मलाई झस्कायो, विष खाँदैछौ भन्ने लाग्यो, त्यसपछि प्रयोग छाडेँ ।”

अचेल उनी तरकारीमा गाईबस्तुको गोबर, ढैँचा ९कुहाएर कम्पोट मल बनाइने वनष्पति० र मुँग ९कोसे दलहन बाली, घर वरपरका फोहर कसिङ्गर खाल्टामा राखेर बनाइएको मल प्रयोग गर्न्छन् । 

त्यसैगरी किरा नियन्त्रणका लागि खरानीको धुलो, गाईको गहुँत, विभिन्न वनष्पतिका झोल प्रयोग गरिने उनको भनाइ छ । अहिले सघन तरकारी खेती गरिने भङ्गाहाका अतिरिक्त बर्दिबास, गौशाला र औरही नगरपालिकाका किसान विषादी र रासायनिक मलको प्रयोग गर्न छाडिसकेका छन् । उनीहरु प्राङ्गारिक मलको प्रयोग गर्न थालेका छन् । 

तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाटै प्रशस्त उत्पादन हुन थालेको यस भेगका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कुराले सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालको भनाइ छ । 

प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा र  गाइवस्तुको गोबर प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वोत्तम मल हुने किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाई राख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने हुँदा खेतीमा लागत पनि घट्दै जाने किसानको बुझाइ छ ।  

बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको समेत यकिन नहुँदा उत्पादनमा प्रतिकुल असर परेपछि आफूहरु परम्परागत आग्र्यानिक खेतीमा लागेको किसानहरुको भनाइ छ । 

तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अप्नाउन थालिएको र यो निक्कै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताए। 

रसायनिक मल र विषादीको प्रयोग छाड्दा पहिलो वर्ष २०७० सालमा उत्पादन अलि कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको बर्दिबास–४ का किसान रामजी पौडेलको भनाइ छ । पछिल्ला वर्षमा प्राङ्गारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका पौडेलको अनुभव छ । 

सरकारले प्रदेशहरुमा प्राङ्गारिक मल उत्पादनका कारखाना बनाउन, यस्ता काममा लाग्नेलाई प्रोत्साहन गर्न सके आम रुपमै किसान परम्परागत खेती प्रणालीमा फर्कने भङ्गाहा–५ सीतापुरका पूर्वसहसचिव तथा कृषिविज्ञ रामबहादुर भुजेलको भनाइ छ । 

प्राङ्गारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लान सकिने हुँदा पहिलो पटक मल किन्दा केही मँहगो परेपनि बिस्तारै अघिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने भुजेलको भनाइ छ । यो  खेती प्रणाली किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा बिस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको भुजेलको  बुझाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending