Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नवलपरासी बन्द आठौँ दिन पनि जारी

\"Nepalपरासी । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज आठौँ दिन पनि निरन्तर जारी छ । अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण  बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द भएका छन् । अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताए । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । यसैबीच थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्दका कारण नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ । नौजना बन्दकर्ता घाइते नवलपरासीको बासाबसही चोकमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा छ जना आन्दोलनकारी घाइते भएका छन् । त्यसैबीच बेलासपुर चोकमा बाटो बन्द गरी बसिरहेको बन्दकर्तालाई पनि सशस्त्र प्रहरीले लाठीचार्ज गरी बाटो खुलाउन खोज्दा तीनजना बन्दकर्ता घाइते भएका छन्  । बन्दका क्रममा तीनवटा गाडी जलाइएको छ भने प्रेस, प्रहरी र निजीलगायत करिब दुई दर्जन सवारी साधन तोडफोडसमेत भएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप हुँदा दुवै पक्षका गरी २० भन्दा बढी घाइते भएका छन् । आठ दिनदेख चलिरहेको बन्दले आज पनि उद्योग, कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, बजार ठप्प छन् । जिल्लामा अखण्ड नवलपरासी सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट थरुवान सङ्घर्ष समिति र वैद्य माओवादीसमेत गरी चार पक्षको फरकफरक बन्द जारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending