Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लगातार छैटौँ दिनसम्म बन्दका कारण जनजीवन कष्टपूर्ण

\"Nepalदाङ । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण यहाँका यातायात, शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा, बजार पूर्णरुपमा बन्द रहेका छन् । लगातारको बन्दले गर्दा बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएपछि नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ । विशेष गरेर मजदुरी गर्ने निम्न वर्गका नागरिकलाई बन्दले निकै असर पारेको छ । त्यसैगरी सीमाङ्कन गर्दा सल्यान जिल्लालाई ६ नंको प्रदेशमा राखेको विरोधमा सल्यान जिल्लाका नागरिकले पनि एक हप्तायता जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दका करण सल्यानमा पनि यातायात, शिक्षण संस्था, कलकारखाना, बजार पूर्णरुपमा बन्द रहेको  सल्यान प्रहरीले जनाएको छ । सल्यानको कपुरकोटमा उत्पादन भएको तरकारी बन्दका कारण जिल्ला बाहिर पठाउन नसक्दा कुहिन थालेको छ । केही दिन अगाडि ट्रकमा लोड गरेर राखेको तरकारी बन्दले पठाउन नसक्दा किसानले लाखौँ रुपैयाँ नोक्सानीमा  ब्यहोर्नु परेको छ । तरकारीको पटेक क्षेत्रका रुपमा चिनिने कपुरकोटमा  त्यहाँका किसानहरुले उत्पादन गरेको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँलगायतका जिल्लाहरुमा विक्रीका लागि पठाउने गरिन्छ । बन्दमा कुनैपनि जिल्लामा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending