Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गण्डकीमा अबको मुख्यमन्त्री कांग्रेस कि माओवादीबाट?

खबरडबली संवाददाता

काठमाडौँ। गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेसँगै कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासोको विषय बनेको छ।

अब गण्डकीमा सत्ता गठबन्धनको सरकार बन्ने निश्चित छ। तर सरकारको नेतृत्व कांग्रेस वा माओवादी केन्द्र कसले गर्ने निश्चित छैन।

सत्ता गठबन्धनमा अबको सरकारको विषयलाई लिएर लामो समयदेखि बहस भइरहेको छ। तर निष्कर्ष निस्किएको छैन।

कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री बन्ने तयारी गरेका छन्। कांग्रेसका एक नेताका अनुसार आलोपालोको सरकार बन्ने सहमति भए पनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा विवाद छ। 

चुमानले मुख्यमन्त्री को बन्ने भन्ने कुरा भोलिसम्म थाहा हुने बताएका छन् ।
अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।

शनिबार प्रदेशसभाको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए ।

‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो नेपाली कांग्रेसले लेओस् भन्ने कुरा भएको हो’ उनले भने ।

केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए ।

यता कांग्रेसका पाण्डे पनि आफूले नै पहिले नेतृत्व गर्न पाउनु पर्ने अडानमा छन्। संसद्को सबैभन्दा ठूलो दलको हैसियतले पनि आफूले पाउनुपर्ने पाण्डेको माग छ। गण्डकीमा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसद छन्। यहाँ विश्वासको मत पाउन ३१ मत आवश्यक पर्छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending