कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।
बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्।
प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अझै अज्ञात रहेको बताए।।
उनले नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिने बताए। बेपत्ता भएकी महिलाको खोजी भइरहेको पनि डिएसपी डाँगीले बताए।
शुक्रबार बाघको आक्रमणपछि बेलौरी –८ पचुँइका गङ्गादेवी चन्द बेपत्ता छिन्।
चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।
घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो।
सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पु¥याइएको जानकारी दिइन्।
कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो।
केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो।
सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: