Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्मार्टको मुद्धामा उच्च अदालतले दिएन अन्तरिम आदेश

खबरडबली संवाददाता

काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अघि बढ्ने भएको छ । स्मार्ट फोनले लाइसेन्स खारेजीको प्रक्रिया रोक्न माग गर्दै दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पक्रिया अगाडि बढ्ने भएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र दिपेन्द्रबहादुर बमको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तोकिएको समयमा बक्यौता नबुझाएपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो ।

लाइसेन्स रद्द भएपछि नियामक नेपाल दूरसंचार प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । प्राधिकरणले स्मार्ट टेलिकमको सेवा संचालनमा कुनै अवरोध नआउने गरी सम्पत्तिको मूल्यांकन प्रक्रिया अघि बढाउने गरी सेवा प्रदायकलाई पत्राचारसमेत गरेको छ ।

सरकारले स्मार्ट टेलिकमको लाइसेन्स रद्द गर्दै स्मार्ट टेलिकम टेकओभरको प्रक्रिया अघि बढाउने भएपछि त्यसअघि कम्पनीले प्रधानमन्त्री कार्यालय, संचार मन्त्रालय, नियामक नेपाल दूरसंचार प्राधिकरण र प्राधिकरणका अध्यक्षलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै पहिलो मुद्दा दायर गरेको थियो ।

अन्तरिम आदेश माग गर्दै चैत ३० गते दायर भएको मुद्दामा उच्च अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले विपक्षीका नाममा ६ वैशाखमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार अन्तरिम आदेशको सम्बन्धमा छलफलमा झिकाउने आदेश हो ।

तर, स्मार्टले लाइसेन्स रद्द हुँदा आफूहरुलाई थप क्षति हुने भन्दै किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गर्दै वैशाख ५ गते पुनः अर्को मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा उच्च अदालत पाटनले बुधबार स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने दूरसंचार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो ।

आदेशमा दुवै पक्षबीच छलफल भई अर्को आदेश नभएसम्म नेपाल दूरसंचार प्राधिकरणबाट निवेदकका नाममा जारी गरिएको वैशाख ४ गतेको निर्णय कार्यान्वयन नगर्नु–नगराउनु भनिएको थियो । शुक्रबार उच्च अदालतले दुईवटै मुद्दालाई एकै बेन्चमा राख्दै फैसला सुनाएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending