Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

झलनाथ खनालले भने : देश जति नै संकटमा भए पनि नेतालाई कुर्सीकै ध्यान छ

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले देशमा राजनीतिक र आर्थिक संकट देखा परेको बताएका छन्। 

शुक्रबार नेपाल नर्सिङ कन्फरेन्समा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले नेतृत्वमा भएको कुर्सीप्रतिको मोहका कारण मुलुक राजनीतिक र आर्थिक संकटमा देखा परेको बताएका हुन्। 

‘देशको निर्माण जुन हिसाबले जानुपर्ने थियो। संविधानको भाग ४ मा व्यवस्था भएबमोजिम देश गएन। अहिले पनि गइरहेको छैन। नेताहरूमा पद कुर्सी कता पाइन्छ त्यतातिर ध्यान छ। कुर्सी र पदका पछि लाग्ने नेतृत्वले देशलाई नयाँ भिजन, नयाँ कार्यक्रम, नयाँ योजना, रूपान्तर दिन सक्दैन। अहिले देश संकटतर्फ गुज्रिरहेको छ। राजनीतिक अस्थिरता र आर्थिक अवस्था त्यस्तै संकटपूर्ण हुँदैछ,’ उनले भने। 

नेता खनालले संविधान जारी भएपछि भएको दोस्रो निर्वाचनमा वामपन्थीहरुलाई जनताले विश्वास गरेर दुई तिहाइ मत दिए पनि नेतृत्वको सनकले संसद् नै विघटन गरिएको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ लक्षित गर्दै नेता खनालले जनताले पाँच वर्ष सरकार चलाउन मत दिए पनि नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद् विघटन गरेको बताए। 

‘संविधानपछिको पहिलो निर्वाचनले देश संवैधानिक स्थिरता प्राप्त गरिसकेको थियो। अब राजनीतिक स्थिरता प्राप्त गर्नुपर्ने थियो। जनताले महसुस गरे। र दुईवटा वामपन्थी समूहले मिलेर चुनाव लडे। दुईतिहाइ मत दिए। दुई तिहाइका सरकार बनेपछि जनताको भावना, चाहना, आकाङ्क्षा चुलिएको थियो। हामीले कृषि क्रान्ति, भूमिसुधार, शिक्षा क्रान्ति, गरिबी निर्मूलन गर्नुपर्ने थियो। उल्टै नेतृत्वले हामीले ल्याएको व्यवस्था निमठ्न खोज्यो,’

उनले भने, ‘किन चाहियो दुई तिहाई र स्थिरता रु भनेजस्तो भयो। नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद विघटन गर्यो।  जनताले पाँच वर्ष मज्जाले सरकार चलाउनु भनेर मत दिएका थिए। तर, जनताको विश्वासमाथि कुठाराघात भयो। त्यो कुठाराघातले देशलाई लामो समय हानी गरेको छ। दोस्रो पटकको निर्वाचनमा पनि कुनै दलको बहुमत आएन। संघ र प्रदेशमा नै कुनै पनि दलको बहुमत आएन।’

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending