काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जाँदाजाँदै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि मुख्यमन्त्री अधिकारीले शुक्रबार विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका हुन् ।
पोखरा–३१ बेगनासमा जन्मिएका मुख्यमन्त्री अधिकारीको पुख्र्यौली घरजग्गा, बैंक ब्यालेन्स, गाडीसहित कृषिमा पनि लगानी गरेको देखिएको छ । मुख्यमन्त्री अधिकारीसँग पोखरा–१२ शान्ति टोलमा ८० लाख किनेको अहिले २ करोड रुपैयाँ पर्ने ६ आना जग्गामा घर छ ।
मुख्यमन्त्री अधिकारीको श्रीमतीको नाममा जग्गा, रिसोर्ट भएको देखिएको छ । मुख्यमन्त्री अधिकारीको पुख्र्यौली जन्मस्थान बेगनासमा रहेको जग्गा रहेको बताएका छन् । अंशबण्डाबा प्राप्त भएको खुलाएका अधिकारीले कित्ता र क्षेत्रफल अलमल हुने गरी पेश गरेका छन् ।
पोखरा–२१ मा देखाएको जग्गा वर्गमिटरमा पेश गरेका छन् । मालमोत कार्यालयका एक अधिकृतका अनुसार मुख्यमन्त्रीले पेश गरेको तथ्यांकले एकीन क्षेत्रफल नआउने बताए । मुख्यमन्त्रीले कित्तासमेत खुलाएका छैनन् ।
मुख्यमन्त्री खगराजले स्वआर्जनका रुपमा १५ लाख रुपैयाँ देखाएका छन् भने अंशबण्डाबाट ३ तोला सुन रहेको बताएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ मौज्दात देखाएका छन् । कृषि आन्दानीबाट गण्डकी विकास बैंकमा २ लाख ४९ हजार ७ बराबरको सेयर देखाएका छन् ।
मुख्यमन्त्री अधिकारीले विभिन्न व्यक्तिसँग ३५ लाख ऋण लिएर १० लाख रुपैयाँ तिरेको बताएका छन् । खगराजसँग ५० लाख रुपैयाँको स्कोरपियो छ । आइ ट्वान्टी कार आफ्नै स्वकीय सचिव केदार थपलियालाई बेचेर स्कोरपियो किनेको मुख्यमन्त्री अधिकारीले खुलाएका छन् ।
मुख्यमन्त्री अधिकारीले कृषि फसल बिक्री गरेरमात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन् । मुख्यमन्त्री अधिकारी पत्नी पाण्डेले काठमाडौंको चन्द्रागिरीमा प्रमुख बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर घडेरी खरिद गरेको अधिकारीले विवरणमा खुलाएका छन् । अग्रगामी कृषि फर्ममा साढे १६ लाख श्रीमती पाण्डेको नाममा छ । चितवन फिस रिसोर्टमा २० लगानी गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।
अधिकारीले श्रीमती रमा पाण्डेप्रावि दरबन्दीको शिक्षक भएका बताएका छन् । मुख्यमन्त्री अधिकारीले सम्पत्ति वितरण सार्वजनिक गरे पनि अरु मन्त्रीहरले पनि अझै गरेका छैनन् । मुख्यमन्त्री अधिकारीले ९ गते विश्वासको मत लिँदै छन् । गत चैत १० गते माओवादीले सरकारबाट समर्थन फिर्ता दिँदै मन्त्री हरिबहादुर चुमान र रेमशबहादुर जुग्जालीले राजीनामा दिएका छन् ।
सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री अधिकारीले २९ औं दिनमा संसदमा विश्वासको मत लिन अधिवेशन डाकिएको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सदस्यीय कांग्रेस र माओवादीको ७ सदस्य ९सभामुखबाहेक० मिलेर सरकार बनाउन बहुमत पुग्छ ।
अहिले खगराज नेतृत्वको सरकारमा २ सदस्यीय राप्रपा पनि छ । खगराज सरकार ढलेसँगै कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: