Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

माफी माग्दै प्रकाश सपूतले भने- कसैलाई होच्याएर आफू अग्लिनु छैन

खबरडबली संवाददाता

काठमाडौं । गायक प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै माया र प्रशंसाले हौसला प्रदान गरेको तथा खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् । 

आफ्नो गीत र भिडिओलाई लिएर प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरु आएपछि आफू अलिकति झस्किएको तर, अहिले रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरू संस्थागत भएर लागेका देख्दा खुसी लागेको उनले उल्लेख गरेका छन् । 

तर, आफूले विगतमा पाँच वर्षसम्म दोहोरी साँझमा काम गर्दा अपमानजनक व्यवहार खेपेको र थुप्रै नैतिक प्रश्नहरुको सामाना गरेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘समग्रमा क्षेत्र राम्रो, नराम्रो भन्दा पनि हामीभित्र राम्रा, नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोण झनै भयंकर पक्षपाति छ। हामी सबैको साझा उद्देश्य समस्या समाभान हो । मर्यादिन र सफल व्यवसाय गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो ।’

आफ्नो सृजनाले प्रत्यक्ष, अप्रत्यक्ष कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत माग्दै लेखेका छन्, ‘समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन । मलाई कसैलाई होच्याएर आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन । समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।

सात दिनअघि सपूतको ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतलाई लिएर अनेक कोणबाट बहस भएका थिए । कसैले यथार्थता देखाएको भनेर प्रशंसा गरेका थिए भने कसैले महिलालाई वस्तुकरण गरेको भनेर उनको आलोचना गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending