Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

खबरडबली संवाददाता
भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का  ।
 
जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन् । 
 
सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन संस्कृतविद् ओम धौभडेल बताउनुहुन्छ । 
 
भैरव भद्रकालीको रथ जुधाउने जात्रा :
भक्तपुरको प्रसिद्घ बिस्केट जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा पनि एक हो । धार्मिक तथा सांस्कृतिकरूपले अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रा वैशाख १ गते लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई गःहिटी ल्याएर जुधाएर मनाइन्छ । भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा द्योः ल्वाकिगु भनिन्छ । 
 
जात्रामा रथ जुधाउनुअधि बेताल देवतालाई गंहिटीमा ल्याएपछि झ्यालबाट कुखुराको बलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गर्ने परम्परा रहेको धौभडेल बताउनु हुन्छ । 
 
बाराही जात्रा
शक्तिकी देवी अष्टमातृकामध्येकै देवी बाराही तिसा जात्रा बिस्केट जात्राकै अवसरमा मनाइने जात्रा हो । चैत मसान्तको दिन लिङ्गो उभ्याएपछि तेखाचो टोलस्थित द्योः छे अर्थात देवघरमा रहेको बाराहीको मूर्तिलाई प्यागोडा शैलीमा निर्माण गरी सजाइएको खटमा राखेर जात्रा मनाउने गरिन्छ । वंशगोपालको बाराही द्यौः छेदेखि सुरु हुने बाराही खटजात्रा सूर्यविनायकलैजाने प्रचलन छ । 
 
जात्रा मनाउँदा यहाँका घरघरबाट हातमा सुकुन्दा तथा चिराग बालेर जात्रासँगै जाने गर्दछन् । खटलाई बाराही मन्दिरमा राखेर पूजा गरिन्छ । भोलिपल्ट लिङ्गो ढालेपछि खटलाई टोलटोलमा लगेर पूजा गरी पुन द्योः छे मै ल्याएर विराजमान गराई जात्रा मनाउने गरिन्छ । 
 
ईन्द्रायणी देवीको त्वारिवा जात्रा
अष्टमातृकामध्येकै ईन्द्रयणी देवीको जात्रा पनि यहाँ मनाइन्छ । बिस्केट जात्रामा ईन्द्रायणी देवीको खटलाई सिंगारेर ईन्द्रायणी द्यो ः छेबाट देवीको मूर्तिीलाई खटमा राखेर दाफा भजनले गुन्जायमान गर्दै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीले घरघरबाट पूजाका सामग्री ल्याएर पूजा गर्ने गर्दछन् ।
 
महाकाली, महालक्ष्मीको जात्रा
बिस्केट जात्राकै अवसरमा वैशाख २ गते महाकाली, महालक्ष्मी जात्रा भक्तपुरमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । भोलाछेंस्थित महाकालीको द्योः छेमा सिंगारिएको विमान आकारको खटमा महाकालीको मूर्तिलाई विराजमान गराई जात्रा सुरु हुने गर्दछ । त्यस्तै महालक्ष्मी द्योः छेबाट पनि विमान आकारकै सिंगारिएको खटमा महालक्ष्मीको मूिर्तलाई विराजमान जात्रा सुरु गरिन्छ । यो जात्रा सञ्चालन गर्दा एकातिरकाले पहेँलो र अर्को तर्फकाले रातो टोपी लगाउने प्रचलन छ । जात्रा सञ्चालन गर्दा बीचमा यो दुबै रथ एकैस्थानमा भेट भएपछि रथलाई जुधाएर जात्रा मनाउने प्रचलन रहेको छ । 
 
ब्रम्हायणी, महेश्वरी जात्रा
वैशाख ३ गते बिस्केट जात्राकै अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी, महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छेबाट ब्रम्हायणीको मूर्तिीलाई खटमा राखेर खट जात्रा सुरु हुनेगर्दछ । त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिंगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ । जात्रा सुरु हुँदा दबै तर्फका जात्रालुले हातहातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन् । जब दुबै दत्तात्रय आइपुगेपछि दुबै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ । 
 
बटुक भैरव, ज्याठा गणेश जात्रा
बिस्केट जात्राकै अवसरमा भक्तपुरको बुलुचा टोलको बटुक भैरव र कुमाले टोलको ज्याठा गणेश जात्रा मनाउने गरिन्छ । आ–आफ्नो टोलमा सिंगारिएको खटमा देवतालाई विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्रा मनाउने क्रममा यी दुवै खट जहाँ भेटिन्छ, त्यही खट जुधाइन्छ । यो जात्रा टोलटोलमा सञ्चालन गर्ने गरिन्छ । 
 
छुमा गणेश जात्रा
भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ । द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ । यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन् । 
 
सगुन जात्रा अर्थात द्यः सँग पूजा :यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ । यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ । यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ(आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ । 
 
अन्तिम रथ तान्ने जात्रा
चैत २७ गतेजस्तै वैशाख छ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ । त्यसदिन रथलाई तानेर टौमढीमा पुर्याएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending