Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

खबरडबली संवाददाता
भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का  ।
 
जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन् । 
 
सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन संस्कृतविद् ओम धौभडेल बताउनुहुन्छ । 
 
भैरव भद्रकालीको रथ जुधाउने जात्रा :
भक्तपुरको प्रसिद्घ बिस्केट जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा पनि एक हो । धार्मिक तथा सांस्कृतिकरूपले अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रा वैशाख १ गते लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई गःहिटी ल्याएर जुधाएर मनाइन्छ । भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा द्योः ल्वाकिगु भनिन्छ । 
 
जात्रामा रथ जुधाउनुअधि बेताल देवतालाई गंहिटीमा ल्याएपछि झ्यालबाट कुखुराको बलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गर्ने परम्परा रहेको धौभडेल बताउनु हुन्छ । 
 
बाराही जात्रा
शक्तिकी देवी अष्टमातृकामध्येकै देवी बाराही तिसा जात्रा बिस्केट जात्राकै अवसरमा मनाइने जात्रा हो । चैत मसान्तको दिन लिङ्गो उभ्याएपछि तेखाचो टोलस्थित द्योः छे अर्थात देवघरमा रहेको बाराहीको मूर्तिलाई प्यागोडा शैलीमा निर्माण गरी सजाइएको खटमा राखेर जात्रा मनाउने गरिन्छ । वंशगोपालको बाराही द्यौः छेदेखि सुरु हुने बाराही खटजात्रा सूर्यविनायकलैजाने प्रचलन छ । 
 
जात्रा मनाउँदा यहाँका घरघरबाट हातमा सुकुन्दा तथा चिराग बालेर जात्रासँगै जाने गर्दछन् । खटलाई बाराही मन्दिरमा राखेर पूजा गरिन्छ । भोलिपल्ट लिङ्गो ढालेपछि खटलाई टोलटोलमा लगेर पूजा गरी पुन द्योः छे मै ल्याएर विराजमान गराई जात्रा मनाउने गरिन्छ । 
 
ईन्द्रायणी देवीको त्वारिवा जात्रा
अष्टमातृकामध्येकै ईन्द्रयणी देवीको जात्रा पनि यहाँ मनाइन्छ । बिस्केट जात्रामा ईन्द्रायणी देवीको खटलाई सिंगारेर ईन्द्रायणी द्यो ः छेबाट देवीको मूर्तिीलाई खटमा राखेर दाफा भजनले गुन्जायमान गर्दै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीले घरघरबाट पूजाका सामग्री ल्याएर पूजा गर्ने गर्दछन् ।
 
महाकाली, महालक्ष्मीको जात्रा
बिस्केट जात्राकै अवसरमा वैशाख २ गते महाकाली, महालक्ष्मी जात्रा भक्तपुरमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । भोलाछेंस्थित महाकालीको द्योः छेमा सिंगारिएको विमान आकारको खटमा महाकालीको मूर्तिलाई विराजमान गराई जात्रा सुरु हुने गर्दछ । त्यस्तै महालक्ष्मी द्योः छेबाट पनि विमान आकारकै सिंगारिएको खटमा महालक्ष्मीको मूिर्तलाई विराजमान जात्रा सुरु गरिन्छ । यो जात्रा सञ्चालन गर्दा एकातिरकाले पहेँलो र अर्को तर्फकाले रातो टोपी लगाउने प्रचलन छ । जात्रा सञ्चालन गर्दा बीचमा यो दुबै रथ एकैस्थानमा भेट भएपछि रथलाई जुधाएर जात्रा मनाउने प्रचलन रहेको छ । 
 
ब्रम्हायणी, महेश्वरी जात्रा
वैशाख ३ गते बिस्केट जात्राकै अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी, महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छेबाट ब्रम्हायणीको मूर्तिीलाई खटमा राखेर खट जात्रा सुरु हुनेगर्दछ । त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिंगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ । जात्रा सुरु हुँदा दबै तर्फका जात्रालुले हातहातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन् । जब दुबै दत्तात्रय आइपुगेपछि दुबै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ । 
 
बटुक भैरव, ज्याठा गणेश जात्रा
बिस्केट जात्राकै अवसरमा भक्तपुरको बुलुचा टोलको बटुक भैरव र कुमाले टोलको ज्याठा गणेश जात्रा मनाउने गरिन्छ । आ–आफ्नो टोलमा सिंगारिएको खटमा देवतालाई विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्रा मनाउने क्रममा यी दुवै खट जहाँ भेटिन्छ, त्यही खट जुधाइन्छ । यो जात्रा टोलटोलमा सञ्चालन गर्ने गरिन्छ । 
 
छुमा गणेश जात्रा
भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ । द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ । यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन् । 
 
सगुन जात्रा अर्थात द्यः सँग पूजा :यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ । यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ । यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ(आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ । 
 
अन्तिम रथ तान्ने जात्रा
चैत २७ गतेजस्तै वैशाख छ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ । त्यसदिन रथलाई तानेर टौमढीमा पुर्याएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE