Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

उपप्रधानमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सिद्धार्थ राजमार्गको अवलोकन

खबरडबली संवाददाता

विराटनगर । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकनमा नेपालका लागि चिनियाँ राजदूतमा छेन सोङ पनि सहभागी रहेका थिए ।

सुरुङमार्ग निर्माणस्थलको अवलोकनपश्चात भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने बताए। उनले स्थलगत निरीक्षणपश्चात अब यससँग सम्बन्धित पक्ष निर्माण कम्पनी, मन्त्रालय सम्बद्ध कर्मचारीसँग छलफल गरेर यो योजना सुरु गर्न केही अफ्ठ्यारा भए तिनलाई फुकाउने छिटोभन्दा छिटो काम अगाडि बढाउने गरी सहजीकरण गर्ने बताए।

मन्त्रालयका सचिव केशवकुमार शर्माले शिद्धबाबा सुरुङ मार्ग स्वीस सरकारका विज्ञको सहयोगमा डिजाइन गरिएको र यो इपिसीका आधारमा निर्माण हुने भएकाले डिजाइनमा कुनै समस्या भए निर्माण व्यवसायी नै जिम्मेवार हुने बताए। डिजाइनलगायत कुनै पनि समस्या देखाएर पन्छिन नपाउने निर्माण कम्पनीले निर्माणस्थलको सम्पूर्ण अवस्था हेरेर डिजाइन गर्ने भएकाले खासै जोखिम नभएको बताए।

सुरुङ मार्गको काम सुरु अघि पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारले काम गरिरहेका छन् ।
सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि रु सात अर्ब ३४ करोड २१ लाख चार हजार चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । 

हाल बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायत पूर्वतयारीका काम भइरहेका छन् ।–––

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending