Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

खबरडबली संवाददाता
काठमाडौँ । नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन्।
 
नेकपा माओवादी केन्द्रसहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन्।  
“सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उपाध्यक्ष महराले भने, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।  
 
उपाध्यक्ष महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्छ, कानुनद्वारा समाधान खोज्न हुँदैन ।”
 
पूर्वमाओवादी घटकहरूबीच सकेसम्म एकता गर्ने, नभए कार्यगत एकता गरेर बलियो शक्ति भएर अघि बढ्नुपर्ने र माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा भएको बताए।
 
नेत्री हिसिला यमीले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि आयोगका पदाधिकारीलाई निरन्तरता दिनुपर्ने र विस्तृत शान्तिसम्झौताअनुसार नै सङ्क्रमणकालीन न्यायको काम पूरा गर्नुपर्ने बताइन्। 
 
उनले सङ्क्रमणकालीन न्यायको समस्या समाधान जतिसक्दो छिटो समाधान गर्नुपर्ने र यसलाई गिजोलेर राख्न नहुनेमा जोड दिइन्।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending