Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

खबरडबली संवाददाता

काठमाडौ । २५ चैत भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ ।
गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो ।

मध्यपश्चिम, पश्चिम र मध्यपूर्र्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र  सुझाव सङ्कलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
जीवनको महत्वपूर्ण क्षण सैनिक सङ्गठनमा बिताएका भूपूसैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रत्येक सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा प्रादेशिक रुपमा कम्तीमा एकपटक भूपूसैनिक सम्मेलन गर्ने चलन छ । अघिल्लो वर्ष सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि यस्तो कार्यक्रम गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य भनेको हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, सङ्गठन प्रमुखले अन्तरक्रिया गरी राय सुझाव सङ्कलन गर्ने, पीर मर्का  सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने नै हो । आगामी वर्ष पूर्वी पृतना र उपत्यका पृतना मातहतका जिल्लालाई लक्षित गरी यस्तो सम्मेलन हुनेछ ।

सम्मेलनका क्रममा प्रधानसेनापति शर्माले गौरवशाली इतिहास र विशिष्ट परम्परा बोकेको सैनिक सङ्गठनमा भूपूसैनिकले पुर्याएको योगदानको उच्च कदर गर्दै हिताधिकारीको आयआर्जनका लागि नयाँ–नयाँ क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले भने, “राष्ट्र सेवा र जनताको सुख–दु:खमा साथ रहनु सेनाको मूलमन्त्र हो, सेना बलियो हुनु भनेकोे राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी हुनु हो ।” प्रधानसेनापति शर्माले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हितका साथै जनताको सेवामा समर्पित रही अनुशासित नागरिकको रुपमा प्रस्तुत हुन सुझाव दिए ।  

कोषका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुलले वहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारजनको वृहत्तरहितका खातिर सङ्गठन सदैव दत्तचित्त र चिन्तनशील रही सञ्चालन गरिएका कल्याणकारीका नवीनतम कार्यक्रम उच्चस्तरीय र प्रसंशनीय रहेको दाबी गरे ।

भूतपूर्व सैनिकको जीवनलाई केही हदसम्म सरल, सहज र सुखी बनाउन सेना प्रयत्नशील रहेकाले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आएको सम्मेलनका क्रममा जानकारी गराइयो । कोषले हिताधिकारीको जीवनस्तर उकास्न नेपाल मेगा इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विसं २०७२/७३ बाट सुरु गरेको लघुवित्त तथा  स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३२ हजार सात सय ७३ लाभान्वित भइसकेका छन् । उक्त कार्यक्रममा हालसम्म रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा प्रवाह भइसकेको बंैकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

सेनाले हिताधिकारी लक्षित व्यावसायिक कृषि तथा पशुपंक्षी तथा महिला उद्यमशीलता कर्जा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । पछिल्ला वर्ष भूपू तथा पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलाको सम्मानका लागि विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तिलाई सेनाले स्थापना दिवसको अवसरमा नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै आएको छ ।

सम्मेलनमा प्रादेशिक रुपमा ज्येष्ठ भूपू र एकल महिला तथा चार वा सोभन्दा धेरै सन्तान सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने मातापितालाई सम्मानका साथै शारीरिक असक्तलाई वैशाखी र ह्वील चेयर प्रदान गरिदै आएको छ । लामो समयपछि हुने भेटघाट, सद्भाव र मेलमिलापले सम्मेलनको आवश्यकता र ओज बढाएको छ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा विताएका ठूलो सङ्ख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख–दु:ख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरेको पाइन्छ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ । हाल मुलुकभर भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको छ ।

यस वर्षको सम्मेलनमा १७ हजार छ सय ५९ भूपूसैनिक तथा आश्रित एवं एकल महिला दुई हजार पाँच सय ४१ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कल्याणकारी कोषमार्फत सेनाले आफ्नो दायित्वभित्र परेका १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई विभिन्न सेवा र सुविधा प्रदान गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपूसैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले सङ्गठनको ओज बढाउने मात्र नभई प्रदेश र जिल्लाको पहिचानका रुपमा रहेका बाजागाजा, वेषभूषा तथा झाँकीसहितको गीत सङ्गीत र नृत्यले लोक संस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुगेको छ ।  

विगतमा काठमाडौँमा मात्र केन्द्रित स्वास्थ्य सेवा भूपूसैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पुर्याउन इटहरी, पोखरा, बर्दिवास, बुटवल, धनगढी, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषिसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ ।

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies