Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कलङ्की–बसुन्धारा सडक विस्तारको तयारी

खबरडबली संवाददाता

काठमाडौँ । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि  निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताए। पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उहाँले जानकारी गराए । 

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ ।

अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युत्को पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ ।

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो । सोही आधारमा निर्माणस्थल खाली गराउन सुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन । निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ । उनले भने, “महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन ।”

तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ । पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताए । विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उहाँले जानकारी गराए । उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन् ।

विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ । भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ ।  सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ । प्रमुख जैसीले भने, “उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन् ।”

सडकका ठाउँ–ठाउँमा ‘अण्डरपास’ का लागि कुरा राखिएको छ । अहिले नै ‘अण्डरपास’ नबनाए पछि सडक फुटाएर बनाउन गाह्रो हुने भएकाले सो कुरा राखिएको र औपचारिक कुराकानीबाट  निष्कर्षमा पुग्न छलफल भइरहेको उनको भनाइ थियो । 
 
चक्रपथको पहिलो खण्डको ठाउँ–ठाउँमा पानी डुब्ने समस्या आएकाले त्यो आउन नदिने गरी निर्माण गर्न पनि छलफल भइरहेको छ । पहिलो खण्डमा नाली नभएकाले सडकमा ठाउँ–ठाउँमा पानी जम्मा हुने समस्या आएको थियो । दोस्रो खण्डमा सबैतिर र ठूलो आकारको नाली राख्न भनिएको र त्यसमा चिनियाँ पक्ष पनि सकारात्मक रहेको प्रमुख जैसीले बताए । 

अरु कुरामा सहमति भइरहँदा ‘युटिलिटी डट’ र ‘अण्डरपास’ बनाउने कुरामा भने सहमति हुन बाँकी छ । उनले भने, “उनीहरूको पहिलेअनुसारनै बनाउने मान्यता भन्ने हो । नयाँँ कुराका लागि माथिसम्म पु¥याउनुपर्ने हुन्छ ।”

विकासमा सहयोग गर्ने राष्ट्रसँग दीर्घकालीन योजना हुने र पाँच–सात वर्ष लगाएर योजना बनाइ पैसा दिने गरिएको प्रमुख जैसीले बताए । ती राष्ट्रको योजना कार्यान्वयन हुँदासम्म यहाँको आवश्यकता परिवर्तन भइसक्ने गरेको छ । दश वर्ष पहिले पनि विभागले ग्वार्कोमा फ्लाइओभर बनाउन भने पनि त्यतिबेला पैसा नपुगेर बनाउन सकिएको थिएन । अहिले सरकारले आफ्नै लगानीमा ‘फ्लाइओभर’ निर्माण अघि बढाइरहेको छ । चिनियाँ पक्षले दोस्रो खण्डमा ‘फ्लाइओभर’ बनाउन रकम नभएको भनिरहेको उल्लेख गर्दै उनले भने, “विदेशीको पनि सीमितता हुन्छ । अहिले हामीलाई ग्वार्कोमा जस्तै धेरै ठाउँमा फ्लाइओभर बनाउनुपर्ने छ ।”
 
डिजाइन फाइनल हुन छ–सात महिना लाग्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रियामा जान सकिने प्रमुख जैसीले बताए । निर्माणको काम काम नै सुरु गर्न अब एक वर्ष लाग्न सक्ने देखिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरेलु हतियार देखाइ प्रहरीलाई तर्साउने युवक पक्राउ

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...

सर्लाहीमा मतदातालाई बाँड्न बोकेको २५ हजारसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...

सिरहा–३ का जसपा नेपाल उम्मेदवार यादव नगदसहित पक्राउ

सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE