Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

बहावमा सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’

खबरडबली संवाददाता

काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ आजबाट हलहरूमा रिलिज भएको छ। शालिन छविकी नायिकाले यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।

चलचित्र सुरु हुनासाथ  प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ छ। मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । 

सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन । उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो उनको मात्र नभएर नेपाली चलचित्रमा अहिलेसम्मकै लामो टङ किस भएको निर्माण पक्षले दाबी छ ।

सुरक्षा नवविवाहित हुन् । बहाब विवाहपछि उनको रिलिज भएको पहिलो चलचित्र हो । धन्न उनले प्रिमियरमा श्रीमानलाई लिएर आएकी थिइनन्। 

यो फिल्मको सुटिङ धेरै पहिला भएको हो । तर, आफूले अहिलेसम्म यो सिनबारे श्रीमानलाई भन्न नसकेको सुरक्षाले निकटस्थहरुलाई बताएकी छन् । विवाह भइसकेपछि फिल्म रिलिज हुँदा उनलाई अप्ठेरो परेको छ ।

स्रोतका अनुसार फिल्म सुटिङअघि वर्कसप राख्दा यो दृश्यबारे सुरक्षालाई जानकारी दिइएको थियो । उनले सुरुमा आनाकानी गरेकी थिइन् । तर कथाको उठान नै यहाँबाट हुने भएकाले यो निकै महत्वपूर्ण रहेको बताइएपछि उनी कन्भिन्स्ड भइन् ।

यो दृश्य सुटिङ गर्न पनि सहज भएन । प्रेमीको भूमिकामा रहेका कलाकार नयाँ भएकाले उनी झनै नर्भस थिए । एक टेकमै ओके गर्ने पूर्वसमझदारी भएर सुटिङ गरिएको निर्माण स्रोतले बतायो ।

‘४/५ सेकेन्ड मात्रै गर्ने भनिएको थियो । तर, दुवैजना मुडमा आइसकेपछि अलिकति लामो भयो’, स्रोतले भन्यो ।

चलचित्रका निर्देशक कँडेल कथाको मागअनुसार यो दृश्य खिचिएको बताउँछन् । चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending