Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बहावमा सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’

खबरडबली संवाददाता

काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ आजबाट हलहरूमा रिलिज भएको छ। शालिन छविकी नायिकाले यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।

चलचित्र सुरु हुनासाथ  प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ छ। मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । 

सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन । उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो उनको मात्र नभएर नेपाली चलचित्रमा अहिलेसम्मकै लामो टङ किस भएको निर्माण पक्षले दाबी छ ।

सुरक्षा नवविवाहित हुन् । बहाब विवाहपछि उनको रिलिज भएको पहिलो चलचित्र हो । धन्न उनले प्रिमियरमा श्रीमानलाई लिएर आएकी थिइनन्। 

यो फिल्मको सुटिङ धेरै पहिला भएको हो । तर, आफूले अहिलेसम्म यो सिनबारे श्रीमानलाई भन्न नसकेको सुरक्षाले निकटस्थहरुलाई बताएकी छन् । विवाह भइसकेपछि फिल्म रिलिज हुँदा उनलाई अप्ठेरो परेको छ ।

स्रोतका अनुसार फिल्म सुटिङअघि वर्कसप राख्दा यो दृश्यबारे सुरक्षालाई जानकारी दिइएको थियो । उनले सुरुमा आनाकानी गरेकी थिइन् । तर कथाको उठान नै यहाँबाट हुने भएकाले यो निकै महत्वपूर्ण रहेको बताइएपछि उनी कन्भिन्स्ड भइन् ।

यो दृश्य सुटिङ गर्न पनि सहज भएन । प्रेमीको भूमिकामा रहेका कलाकार नयाँ भएकाले उनी झनै नर्भस थिए । एक टेकमै ओके गर्ने पूर्वसमझदारी भएर सुटिङ गरिएको निर्माण स्रोतले बतायो ।

‘४/५ सेकेन्ड मात्रै गर्ने भनिएको थियो । तर, दुवैजना मुडमा आइसकेपछि अलिकति लामो भयो’, स्रोतले भन्यो ।

चलचित्रका निर्देशक कँडेल कथाको मागअनुसार यो दृश्य खिचिएको बताउँछन् । चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending