Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कांग्रेसबाट उपनिर्वाचन लड्न तनहुँ-१ मा १३ जनाको आवेदन

खबरडबली संवाददाता

तनहुँ । वैशाख १० गते हुने उपनिर्वाचनमा लड्न तनहुँ १ मा हुने कांग्रेसबाट १३ जनाले आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार उपनिर्वाचन लड्न १३ जना आकांक्षीले आवेदन दिएका हुन्।

केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई लगायतले उम्मेदवार हुन आवेदन दिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

साथै नेताहरू लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरूङले उम्मेदवार हुन क्षेत्रीय समितिमा आवेदन दिएका छन्।

क्षेत्रीय कार्यसमितिले तोकेअनुसार जनही छ हजार शुल्क बुझाएर उनीहरूले उम्मेदवार हुन आवेदन दिएका छन्।

तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए। गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ।

आवेदन आएका नामहरू क्षेत्रीय कार्यसमितिले अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा सिफारिस पठाउनेछ। केन्द्रमा रहेको संसदीय बोर्डले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने निर्णय गर्नेछ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका भएकोले त्यसअघि नै उम्मेदवार तय भइसक्नुपर्ने हुन्छ। त्यसका लागि छलफल गर्न कांग्रेसले भोलि कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending