तनहुँ । वैशाख १० गते हुने उपनिर्वाचनमा लड्न तनहुँ १ मा हुने कांग्रेसबाट १३ जनाले आवेदन दिएका छन्। कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार उपनिर्वाचन लड्न १३ जना आकांक्षीले आवेदन दिएका हुन्।
केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई लगायतले उम्मेदवार हुन आवेदन दिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।
साथै नेताहरू लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरूङले उम्मेदवार हुन क्षेत्रीय समितिमा आवेदन दिएका छन्।
क्षेत्रीय कार्यसमितिले तोकेअनुसार जनही छ हजार शुल्क बुझाएर उनीहरूले उम्मेदवार हुन आवेदन दिएका छन्।
तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए। गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ।
आवेदन आएका नामहरू क्षेत्रीय कार्यसमितिले अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा सिफारिस पठाउनेछ। केन्द्रमा रहेको संसदीय बोर्डले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने निर्णय गर्नेछ।
उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका भएकोले त्यसअघि नै उम्मेदवार तय भइसक्नुपर्ने हुन्छ। त्यसका लागि छलफल गर्न कांग्रेसले भोलि कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: