Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । 

सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । 

उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । 

नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो ।

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए । विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । 

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । 

कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीकी छोरीलाई जोडेर कूटनीतिक शिष्टाचारको प्रशंग उठाउनु कति जायज ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा विपरीत भएका भनिएका कतिपय गतिविधि र भेटघाटले कूटनीतिक प्रोटोकल प...

महिलाको नाममा भू-स्वामित्व बढ्दै

रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा  जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । ...

समीक्षाको बलियो कमब्याक- एकैदिनमा गराइन् ७ वटासम्म गीत रेकर्ड

काठमाडौं । निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारीको करिअरले पुनः एक चोटी यु-टर्न लिन थालेको छ।  एक वर्षसम्म मानस...

ओडिशा रेल दुर्घटना- हेलाराम मलिकले छोरालाई मुर्दाघरमा जीवित भेटेपछि...

काठमाडौं । भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् । आफ्नो छोराको मृत्य...

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ, जहाँ भएका थिए १५ जना बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन्...

नक्कली शरणार्थी प्रकरण- अभियुक्तका पक्षबाट आजदेखि बहस

काठमाडौं । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ ।हिजो मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वक...

साउदीको अल इतिहाद क्लबमा बेन्जेमा अनुबन्धित

काठमाडौं । करिम बेन्जेमा साउदी क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब...

विवाहको पहिलो रातमै बेहुला-बेहुलीकै हृदयघातबाट मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ। विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात ...

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

पोखरा । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सह...

भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page