Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

युक्रेन युद्ध अन्त्य गर्ने चीनको योजनाबारे छलफल गर्न पुटिन तयार

सीले पुटिनलाई भने- तपाईँको नेतृत्वमा रुसले ठूलो प्रगति गरेको छ

खबरडबली संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर सङ्कट समाधान गर्न सी जिन्पिङको १२ बुँदे योजनाबारे छलफल गर्न तयार भएका छन्। 

यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीको रूपमा सम्बोधन गर्ने क्रममा पुटिनले भने, "हामी वार्ता प्रक्रियाका लागि सधैँ तयार छौँ।"

चीनले गत महिना युद्ध अन्त्य गर्ने योजनाहरू सार्वजनिक गरेको थियो। जसअन्तर्गत 'दुस्मनी बन्द गर्ने' र शान्ति वार्ता पुनः सुरु गर्ने योजना पनि समावेश गरिएको छ। तर शुक्रवार अमेरिकाले चीनका योजनाहरूलाई इङ्गित गर्दै ती शान्ति योजना ‘अवरोधको रणनीति’ हुनसक्ने चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले भने: "युद्धलाई आफ्नै स्वार्थको लागि स्थिर पार्न चीन वा अन्य कुनै पनि देशको सहयोगमा रुसले चालेको रणनीतिक कदमबाट विश्व झुक्किनु हुँदैन।"

"युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउने छ,“ उनले भने।

युक्रेनले वार्ताका लागि रुसी सेनाले आफ्नो भूभागबाट सेना हटाउनुलाई मुख्य सर्तको रूपमा जोड दिएको छ। यद्यपि, चीनको योजनामा त्यसबारे केही पनि जनाइएको छैन।

त्यसको साटो चीनले 'सबै देशहरूको सार्वभौमसत्ताको सम्मान गर्ने' जनाएको छ। साथै 'सबै पक्षहरू तर्कसङ्गत रहन र संयम अपनाउन' र 'बिस्तारै स्थितिलाई स्थिर बनाउँदै लग्नुपर्ने' जनाएको छ। योजनाले रुसविरुद्धको 'एकपक्षीय प्रतिबन्धहरू'को निन्दा गरेको छ। जसलाई युक्रेनका पश्चिममा सहयोगीहरूको अस्पष्ट आलोचनाको रूपमा पनि हेरिएको छ।

सोमवार एक सैन्य समूहले राष्ट्रपति सीलाई मस्कोमा स्वागत गर्‍यो। पुटिनले 'न्यायका सिद्धान्तहरू पालन गरेको' र 'हरेक देशको सुरक्षा'बारे ध्यान दिएको भन्दै चीनको प्रशंसा गरे।

जवाफमा राष्ट्रपति सीले पुटिनलाई भने: "तपाईँको बलियो नेतृत्वमा रुसले आफ्नो समृद्धि र विकासमा ठूलो प्रगति गरेको छ। रुसी जनताले निरन्तर तपाईँको समर्थन गर्ने मेरो विश्वास छ।" सीको भ्रमणअघि पुटिनले चीनको पिपल्स डेली पत्रिकामा अमेरिकाको 'आक्रामक' नीतिबाट दुई राष्ट्रहरू कमजोर नहुने लेखेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत  सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ ।  लाखौँ तीर्थया...

प्रधानमन्त्री प्रचण्ड र एमसीसी निर्देशक एलेक्स अलवाइडबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच भेट...

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  नेपालमा ...

तीन देशका शिवधाम पुगेर प्रचण्डले दिन खोजेको सन्देश के हो?

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीवार तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरेपछि सत्ता सम्हालेयता विशेषगरी शिवसँग...

नेपाललाई भारतले दियो २०३ रनको लक्ष्य

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको भारतले न...

मानव बेचबिखनको नयाँ माध्यम बन्दै टिकटक

बाँके । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्...

शिवशिखर सहकारीले फिर्ता गरेन बचतकर्ताको चार करोड ६१ लाख

म्याग्दी । यहाँस्थित  शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय  सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।  ती...

भरतपुर महानगरले रोपेको बिरुवा उखाल्ने पक्राउ

चितवन । भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर...

आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिल...

अमेरिकी प्रतिनिधिलाई मन्त्री ज्वालाको आग्रह- एमसीसी कार्यान्वयनमा शंका नगर्नूस्

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरे...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending