NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

खबरडबली संवाददाता

काठमाडौं।  नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो। 

नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ। मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे,अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको उपस्थिति रहेको थियो।

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ। त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन्। 

त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन्। सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन्। त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन्। 

सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन्। सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाको हेलिकप्टरमार्फत गोरखा पुगे राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...

सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै

काठमाडौँ।  आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...

युरोकप छनोट : क्रोएसिया र वेल्सको बराबरी

काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...

पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page