कैलाली । कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।
यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताए । उनले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताए ।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ । उहाँले हालसम्म करिब दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको जानकारी दिए । “नयाँ शैक्षिक सत्र आइरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्ने अवस्था आउने गर्दछ”, उनले भने, “त्यसैले यो समयमा बालबालिकालाई शैक्षिक सामग्री खरिद गरी विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नाका लागि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौँ ।”
उनले कापी कलम तथा ड्रेस किन्न नसक्दा विद्यालय छोडेर विदेशतिर जाने परिपाटीको अन्त्यका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको बताए । उनका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढ्ने हौसला समेत प्रदान हुनेछ । नेपाल सरकारको नियमअनुसार प्रत्येक विद्यालयमा स्थानीय पालिकाको समन्वयमा दलित, जनजाति, गरिब, जेहेन्दार तथा छात्रा विद्यार्थीको छनोट गरिएको चौधरीको भनाइ रहेको छ ।
प्रत्येक विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रु एक हजार पाँच सय प्रदान गरिएको बताउँदै उनले थोरै रकम भए पनि केही हदसम्म विद्यार्थीका आवश्यकता परिपूर्ति हुने अपेक्षा लिएको बताए । शुक्रबार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी गोदावरीमा छात्रवृत्ति वितरण कार्य सुरु गरिएको छ । नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरणको कार्य सुरु गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमूना विद्यालयका रुपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताए । उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षाअनुरुप आर्थिक सङ्कलन नभइरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीलाई राहत हुने बताए । उनले आर्थिकमन्दीका समयमा बालबालिकाको उज्जवल भविष्यका लागि नयाँ शैक्षिक सत्रमा कपी किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरे ।
गोदावरीमा करिब एक हजार दुई सयदेखि एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताइएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका एक दर्जन जति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायिक विद्यालय र गुठीद्वारा सञ्चालित विद्यालय समावेश गरिएका छन् ।
कैलाली जिल्लाका युवा मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयंसेवक संस्थाका रुपमा रहेको छ । शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशीराम चौधरीले बताए । त्यसका साथै टीकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशनसम्बन्धी १५ वटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...


प्रतिकृया लेख्नुहोस्: