Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

रासस

काठमाडौँ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन विस्तार गर्नका लागि न्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउनुपर्ने बताएका छन्।

 बार काउन्सिल नेपालले आज आयोजना गरेको ‘अभिवक्ताको ३०औँ परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीका लागि सञ्चालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा उनले न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको बताए।

“न्यायालय सुधारमा लागिपरे पनि न्यायाधीशको सङ्ख्या कमी भएका कारण गति लिन सकेको छैन”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “मुद्दा बढ्ने तर न्यायाधीशको सङ्ख्या कमी हुने स्थितिबाट अदालत गुज्रनुपरेको छ, जटिसक्दो छिटो न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने जरुरी छ।”
 
न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावी गर्दै उनले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीलाई आग्रह गरे।
 
“हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौँ, हामीलाई अहिले मुद्दाले धेरै जितेको छ, न्यायाधीशको सङ्ख्या कम छ”, उनले थपे, “हामीले चाहेर पनि नहुने स्थिति भएको छ, उच्च अदालतमा एक चौथाइ न्यायाधीश पूर्ति गर्न सकिएको छैन, सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ, यो स्थितिमा अहिले हामी हिँडिरहेका छौँ ।”
 
न्याय ढिलाई नहोस् र न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका उल्लेख गर्दै उनले दूरदराजका मान्छेले अदालतमा आउँदै र अनि पालो आएन भनेर फर्किँदै जाने स्थितिको अन्त्य गर्नका लागि मुद्दाको पेसी सूची कम्युटरबाटै हेर्न गरी सूचना प्रविधिको विकास गर्न लागेको जानकारी दिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending