Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

स्ववियु निर्वाचन तडकभडक बिना प्रचारप्रसार

रासस

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् ।

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन् ।

त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मश क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार शान्त वातावरण भइरहेको छ ।
आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन् ।

यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ‘एफोर’ साइजको कागजमा एकै रङ्ग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि निर्वाचनमा तडकभडक नभएको बताए । ‘उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता निर्वाचन सामग्री बनाउने बन्देज गरिएको छ’, उनले भने, ‘त्यसैले यसपटकको निर्वाचनमा तडकभडक छैन।’

उम्मेदवारले भोलि चैत २ गते राती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । उनले उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको जानकारी दिए ।

सुरक्षा व्यवस्थामा कडाइ

स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रहरीलाई पनि तैनाथ अवस्थामा राखिएको छ । बिहानदेखि साँझसम्म शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि अहिलेदेखि नै प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले देशभरिका क्याम्पसमा सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । उनले निर्वाचनसम्मका लागि प्रत्येक क्याम्पस बाहिर सुरक्षाकर्मी तैनाथका साथ खटेर सुरक्षा व्यवस्था गरिरहेको बताए । ‘अहिलेसम्म छिटफुट घटनाबाहेक त्यस्तो कुनै घटना घटेको छैन’, उनले भने, ‘स्ववियु निर्वाचन यसपटक अलि व्यवस्थित भएको छ।’

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले आचारसंहितामा कडाइ गरेकाले चुनावी प्रचारप्रसार शान्त भएको बताए । उनले उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताए ।

त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको बताए । उनले निर्वाचन आचारसंहिताका कारणले आफूहरुले पनि तडकभडक नगरेको बताए ।

यी क्याम्पसमा निर्वाचन अझै सुरु हुन सकेन

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादको कारणले रोकिएको छन् । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्वभाषा क्याम्पसमा भने निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending