Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विश्वासको मतपछि प्रधानमन्त्रीमा ‘आलोपालो-सम्झौता’, माधव नेपालको पालो कहिले ?

खबरडबली संवाददाता

काठमाडौं । सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए। प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।

मन्त्रिपरिषद्: विस्तार गर्दा विवादको डर

अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेको बताइन्छ।

विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ढङ्गले बलियो अवस्थामा पुग्ने र त्यसपछि विस्तार पनि सहज हुने माओवादी नेताहरूको बुझाइ छ।

त्यसपछि पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छ।

संविधानको धारा १०० को उपधारा २ मा भनिएको छ, “प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीन दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्ने पर्नेछ।”

तर निर्णायक अवस्थामा नरहेका साना दलले समर्थन फिर्ता लिँदैमा सरकारलाई खासै अप्ठेरो नपर्ने र तत्कालै मन्त्रालय बाँडफाँटका कारण असन्तुष्ट भएर त्यसो गर्न राजनीतिक र नैतिक अप्ठेरो पर्ने प्रधानमन्त्री निकटस्थहरूको बुझाइ पाइन्छ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिन अस्वीकार गर्दै सहकार्य गरिरहेका छन्।

नेकपा एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरले भने, “मन्त्री कोको बन्ने, कसले के पाउने, प्रधानमन्त्री कहाँ के भन्ने कुराले विवाद ल्याउँछ जस्तो भएर हामी त्यसमा प्रवेश नै गरेका छैनौँ।”

एक जना नेताका अनुसार उपराष्ट्रपति निर्वाचनसँगै उनीहरूको अवस्था पनि प्रस्ट भएपछि विस्तार सहज हुने पनि प्रधानमन्त्रीलाई लागेको हुनसक्छ।

प्रधानमन्त्रीमा माधव नेपालको पालो?

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतका अनुसार मन्त्रिपरिषद् विस्तार गर्दा नै प्रधानमन्त्रीमा आलोपालो लगायतका विषयमा छलफल हुनेछ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने क्रममा प्रधानमन्त्रीमा आलोपालो गर्ने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अवसर दिने समझदारी भएको विवरणहरू आएका थिए।

माओवादी नेता गजुरेलका अनुसार माधव नेपाललाई पनि प्रधानमन्त्री दिनुपर्छ भन्नेमा समझदारी छ तर कसले कति चलाउने भन्नेबारे कुराकानी भएको छैन। उनले भने, “परिस्थिति अलिकति बदलिएको छ, कस्तो हुन्छ अहिले नै भन्न सकिन्न।”

एकीकृत समाजवादी नेता तुलाधरका भनाइमा उनको दलले पनि आलोपालोमा दाबी प्रस्तुत गरेको छ। उनले भने, “उहाँहरू सकारात्मक हुनुहुन्छ, तर अप्रत्याशित खालको फेरबदल आएन भने तीन दलका तीन नेता प्रधानमन्त्री बन्ने अवस्था नै हुन्छ होला।”

अहिले नै निर्णयको प्रयास गर्दा गठबन्धनमै जोखिम आउने सम्भावना पनि ख्याल गरिएको हुनसक्ने उनको भनाइ छ।

“भुईँको टिप्न खोज्दा पोल्टाको गयो भने के गर्ने? त्यो विषयमा अहिले प्रवेश गर्नै हुन्न भनेर हामीले पनि रोकेका हौँ,” तुलाधरले हाँस्दै सुनाए।

सरकारप्रतिको विश्वास घट्ने

त्यसैले विश्वासको मत लिएपछि त्यसको ढोका खुल्ने देखिन्छ। एमाले लगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पहिलो पटक विपक्षमा रहेको नेपाली कांग्रेस सहित अधिकांश जसो दल र सांसदले विश्वासको मत दिएका थिए।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै एमाले र राप्रपाले सरकार छाड्दै विपक्षमा बस्ने निर्णय गरेका छन्।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे पनि सरकारलाई दिएको समर्थन कायम राखेको छ। यसले पनि विश्वासको मत दिने माओवादी नेता गजुरेलको विश्वास छ।

तर पनि दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डको मत घट्ने देखिन्छ। उपराष्ट्रपतिको चुनावलाई लिएर सत्ता पक्षीय गठबन्धनभित्रै देखिएको मतभेद चर्किएमा थप मत कम हुने छ। तर त्यतिले मात्रै सरकार खतरामा पर्ने देखिन्न। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending