NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

खबरडबली संवाददाता

सुर्खेत। वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् । 

बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो ।

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । 

यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए। उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए। 

“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ ।”

 कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ ।
 “हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भने, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे।  

यो गाउँका कृषक १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन् । भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको र खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेको कृषकको भनाइ छ । 

दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ । 

प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारी नै बिक्री नभएको भन्ने नभई बजार मूल्य नपाएको सत्य भएको बताए। 

उनले भने, “उहाँहरुको तरकारी बिक्री नभएको होइन, हामीले बजारसम्म उत्पादित कृषि वस्तु ल्याउनुलाई रिक्सा पनि उपलब्ध गराएका छौँ । तर तरकारीले उचित मूल्य नपाएको भने सत्य हो, यसमा सरकारले सोचेर योजना बनाउनुपर्छ ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाको हेलिकप्टरमार्फत गोरखा पुगे राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...

सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै

काठमाडौँ।  आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...

युरोकप छनोट : क्रोएसिया र वेल्सको बराबरी

काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...

पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page