सुर्खेत। वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् ।
बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो ।
वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो ।
यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए। उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए।
“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ ।”
कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ ।
“हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भने, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे।
यो गाउँका कृषक १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन् । भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको र खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेको कृषकको भनाइ छ ।
दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ ।
प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारी नै बिक्री नभएको भन्ने नभई बजार मूल्य नपाएको सत्य भएको बताए।
उनले भने, “उहाँहरुको तरकारी बिक्री नभएको होइन, हामीले बजारसम्म उत्पादित कृषि वस्तु ल्याउनुलाई रिक्सा पनि उपलब्ध गराएका छौँ । तर तरकारीले उचित मूल्य नपाएको भने सत्य हो, यसमा सरकारले सोचेर योजना बनाउनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: