काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसंगतिको अन्त्य गर्नेगरी संघीय निजामती सेवा ऐन बन्ने बताएका छन्।
मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग विधेयकमा आरक्षणको संरचनागत व्यवस्था र विधेयक तयारीको छलफल कार्यक्रममा मन्त्री मोदीले मुलुकमा सरुवा प्रणालीका खराब प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको जनाए।
उनले भने, “पहुँच भएको व्यक्ति सुगम ठाउँमा बस्ने र आवाजविहीन कर्मचारी पटक–पटक दुर्गममा सरुवा हुनुपर्नेलगायतका सरुवा प्रणालीको प्रवृत्तिलाई व्यवस्थित गर्छौँ ।”
संविधानका सिद्धान्तभित्र रहेर समानुपातिक समावेशितालाई न्यायगत ढङ्गले ऐनमा व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले तीन तहका सरकारबीच प्रशासनमा देखिएका आधा समस्या ऐनले समाधान गर्ने बताए।
ऐन लामो समयसम्म अल्झिएको र आफूले जिम्मेवारी सम्हाल्दा नै ऐन जसरी पनि ल्याउन प्रतिबद्धता पूरा गर्ने र सुशासन कायम गर्ने जनाए।
सबै आयोगका साझा उद्देश्य राष्ट्र र जनताको हितका लागि कार्य गर्ने रहेकाले विभिन्न आयोगबीच सहकार्य र समन्वयन गरी संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर ऐन निर्माणमा तीव्रता दिने मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताए।
संविधानतः समानुपातिक समावेशितालाई अंगीकार गरेकाले ऐनमा मुलुकको आवश्यकताअनुसार समावेशिता कायम राख्दै समावेशीको माध्यमबाट राष्ट्रिय एकता कायम गर्ने भएकाले प्रवद्र्धन गर्न जरुर रहेका विभिन्न आयोगका प्रमुखहरूले छलफलमा राखेका थिए।
कार्यक्रममा विभिन्न संवैधानिक आयोगका प्रमुखले मुलुकमा समावेशिता कायम गर्नका लागि सकारात्मक विभेदलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने, विपन्न वर्गको सही पहिचान गरी परिचयपत्र वितरण गर्ने, महिला, मधेसी, दलित, जनजाति, अपांगता भएका व्यक्तिको वास्तविक पहिचान गरी आरक्षणको व्यवस्था गर्नुुपर्ने विषयमाथि छलफल भएको थियो ।
त्यस्तै विविधतालाई व्यवस्थापन गर्न समावेशी आवश्यकता रहेको, पिछडिएका क्षेत्रका व्यक्तिलाई निजामती सेवामा समावेश गराउन लोकसेवा कक्षा सञ्चालन गर्ने र कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकता दिनुपर्नेलगायतका विषयमाथि छलफलमा उठान भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: