काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचबारे आफूखुसी व्याख्या गरेको आरोप लगाएको छ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि निर्वाचन आयोगले फरक समुदायको महिला हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।
जसपाले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
संविधान भन्दा फरक तरिकाले व्याख्या गर्न आयोगले नपाउने जसपा सांसद प्रदीप यादवले बताए।
‘हामीले संविधानको भावना अनुसार उम्मेदवार तय गरेका हौ। यसमा आयोगले गलत तरिकाले व्याख्या गर्न मिल्दैन’, उनले भने, ‘संविधानले फरक समुदायको व्यक्ति हुनैपर्ने भनेको हो। तर फरक लिंग भनेको छैन।’
जसपाले उपराष्ट्रपतिको उम्मेदवार बनाएका रामसहाय प्रसाद यादव बारा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरेका छन्।
८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति भएको थियो। यद्यपि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिनेबारे औपचारिक सहमति नभएको दाबी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: