NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

श्रीमान्, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी?

राम प्रसाद सापकोटा ‘दीपशिखा’
राम प्रसाद सापकोटा ‘दीपशिखा’

श्रीमान्, म माओवादी हुँ। पक्का माओवादी। मेरो नशानशामा माओवादी छ। त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो।

म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ।

यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस्। यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन। यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो। फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु । 

हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो – 

हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौं– म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो । न्यायका लागी लडिएको एउटा महान युद्ध । 

म सम्झाउँ हजुरलाई –युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैंन । युद्ध पिडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ ।

हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे । 

हजुरलाई हेक्का होस्–हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौं । राज्यका विद्यमान कानून फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौं । 

हजुरलाई थाहा छ –युद्धमा घटेका जघन्य घटनाहरुमाथि विद्यमान न्यायसिदान्तभन्दा अलग्गै निकायले जाँचबुझ गर्छ । हाम्रो युद्धका सवालमा पनि सोही भनिएको छ । माओवादी सेना समायोजन भए । माओवादी युद्धका कमाण्डरहरु आज पनि राज्यको सम्मानित निकायमा जनताले जिताएर पठाएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बनाउने कुरा सम्झौतामा उल्लेख छ । 

हजुरको आदेश त्यो ‘आयोग बनाउ’ भनेर कहिल्यै आएन । तर ति लड्नेहरुलाई थुन भनेर आयो । लड्नेहरुलाई नछोड भनेर आयो । ती अपराधी हुन् भनेर आयो । 

श्रीमान, कानुन पढिएको छैन । उसो त हामी ‘जंगलीहरु’ले त्यति जान्ने कुरा पनि भएन । तर हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानून भन्दा हजुर कसरी माथि होइसिन्छ रु एक मनमा लाग्छ–कानुन फेरियो । कानुनले राज्य फेर्र्यो । तर हजुरहरु फेरिनु भएन । फेरिन जरुर ठान्नु भएन । भनिस्योस् न श्रीमान, राणाहरुको जंगी कानून र हजुरको उदण्ड फैसलामा के फरक छ? उ बेला कानुन भन्दामाथि राणाहरु हुन्थे । पञ्चायतमा पंचहरु भए । 

प्रजातन्त्रमा कानुन बेपत्ता थियो । गणतन्त्रमा हजुरहरु कानून भन्दा माथि होइसिन्छ । ती जंगीहरु, ती पन्चहरु भन्दा हजुर कसरी फरक हुनुभयो? 

हजुरले मानिस्यन। अरुको पूनर्रसंरचना, न्यायलयको हुनुहुँदैन भनिस्यो । हजुरहरु फेरिन परेन । हजुरहरुको काम गर्ने शैलि बदल्नु परेन । हजुरहरु कानूनभन्दा माथि होइसिन्थ्यो र’त लड्नेहरुमाथि कानूनका डण्ठा बजार्दै हुनुहुन्छ । म र म जस्तैले लडेर आएको गणतन्त्र, संघियता, र धर्मनिरपेक्षताको महान व्याख्या वा नजिर कायम गर्ने स्थानमा हजुर विराजमान होइसिन्छ। त्यो आसन त हजुरको हिजोकै हो । त्यो आसन फेर्न लडेको म, त्यो आसनमा न्यायको तराजु झुण्ड्याउने श्रीमान होइन तराजु जस्तै अडिग श्रीमानका लागि लडेको एउटा लडाकु हुँ ।

भनिस्योस्–हजुरको न्यायलयमा अहिले विचाराधीन मुद्धा कति छन्? हाम्रा दाजुभाइले न्यायका लागी हालेका दरखास्तको चाङ हजुरभन्दा कति फिट अग्लो छ? यो देशका ठालुहरुका विरुद्ध परेको मुद्धा कता बेपत्ता छन्? हजुरलाई ख्याल होस् –हजुरको न्यायघर धाउँदाधाउँदै तिन पुस्ते पूस्ता सकिएका हजारौं छोरानातिहरु छन् । बा हरु भन्थे–कानुन अन्धो हुन्छ । मलाई लाग्थ्यो–गणतान्त्रिक कानुन अन्धो हुँदैन । बा’लाई अब मैले भन्नपर्ने भयो–ए मेरा बा, कानून बहिरो पनि छ । 

हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । बलात्कारको उजुरी नलाग्ने र प्रचण्डमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।

कानूनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कि हजुरको रीत? कानून विवेकले चल्छ कि चल्दैन? कानून आवेगले चल्छ कि चल्दैन? कानुन दुखमा रुन्छ कि रुँदैन?  कानून खुशीमा हाँस्छ कि हाँस्दैन? कहिले लाग्छ–कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्यको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ । 

कानून एउटै हो–हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि, हजुरको कानूनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । 

हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र माओवादीमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ । 

अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका उपल्लो निकायमा यत्रतत्र छन् । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कूटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ती यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन्?

श्रीमान नरिसाइयोस्–हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो न्याय हो कि खरिद विक्रीको बजारीकरण? यो कानून कस्तो कानून? अब हजुर भन्नुस् –यस्तो विभेदी कानून कसैले किन मानोस् । अन्तिममा भनिराँखु, –हामी लडेवापत जेल जान्नौ ।

हामी गणतन्त्रका लागी लडेवापत सजाय काट्न सक्दैनौं । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण आयोगमा जनयुद्धकालिन जघन्य घटनाहरु पठाइस्योस् । कि भनिस्योस्– मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिन्न भने हामी पनि मान्दैनौं । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ। आगे हजुरको जो मर्जी? 

(लेखकको यो आलेख केही वर्ष अघिको हो । द्वन्द्वकालीन मुददा पुन ब्युँतिएको परिवेशमा सान्दर्भिक ठानी पुन प्रकाशितथ गरिएको छ–सम्पादक)

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाको हेलिकप्टरमार्फत गोरखा पुगे राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...

सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै

काठमाडौँ।  आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...

युरोकप छनोट : क्रोएसिया र वेल्सको बराबरी

काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...

पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page