काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई पक्राउ गरेको छ । दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनिने थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन्।
केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो।
यो दस्ताले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउने बताउँदै आएको छ।
थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बतायो। उनलाई कुन मुद्दामा अनुसन्धान गर्ने यकिन भइनसकेको प्रहरी स्रोतले बतायो।
उक्त अभियानले भने थापाको रिहाइको माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १२:०७
ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...
फाल्गुन २० गते, २०८२ - १२:०१
तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...
फाल्गुन २० गते, २०८२ - ११:५६
काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...
फाल्गुन २० गते, २०८२ - ११:५२
कञ्चनपुर। बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरे...
फाल्गुन २० गते, २०८२ - ११:३३
बागलुङ। बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ क्षेत्र नं. २ अन्तर्गतको गलकोट...
फाल्गुन २० गते, २०८२ - ११:२९
काठमाडौं । गृह मन्त्रालय ले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार बिहान...
फाल्गुन २० गते, २०८२ - ११:२२
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसा...
फाल्गुन २० गते, २०८२ - ११:००
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...
फाल्गुन २० गते, २०८२ - १०:४९
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...
फाल्गुन २० गते, २०८२ - १०:४३
वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...



प्रतिकृया लेख्नुहोस्: