काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।
एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताए।
‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’, उनले भने।
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन्।
कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउने बताए।
सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनीहरुप्रति सम्मान प्रकट गरेका छन्।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १३:४३
काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...
फाल्गुन २० गते, २०८२ - १३:३५
घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...
फाल्गुन २० गते, २०८२ - १३:३०
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...
फाल्गुन २० गते, २०८२ - १३:२३
काठमाडौं । कन्सुलर सेवा विभाग ले यूएईमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको पर...
फाल्गुन २० गते, २०८२ - १३:११
डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको शे(फोक्स...
फाल्गुन २० गते, २०८२ - १३:०४
जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प...
फाल्गुन २० गते, २०८२ - १२:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...
फाल्गुन २० गते, २०८२ - १२:०७
ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...
फाल्गुन २० गते, २०८२ - १२:०१
तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...
फाल्गुन २० गते, २०८२ - ११:५६
काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...



प्रतिकृया लेख्नुहोस्: