Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

जनकपुर-जयनगर रेल बीमाबिना सञ्चालनमा

खबरडबली संवाददाता

जनकपुर । जनकपुर-जयनगर रेल सेवा सरकारको नीतिविपरीत बीमाबिना नै सञ्चालन भइरहेको छ। नियमित सञ्चालनमा आएको झन्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ।

२०७८ चैत १२ गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन्। सो मार्गमा सञ्चालित  दुई वटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नु परेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। उनले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन।’

दुबै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो। एउटा बोगीसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ। रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ।

‘दुबै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,’ रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने। बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए।

झाले भने, ‘एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ। यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ।’

जयनगर/कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुबै रेल रेल्वे विभागको नाममा छन्। विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए। गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो। रेल खुल्न लागेको समयमा टिकट नलिई चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो।

उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले कम्पनी दैनिक लाखौं रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री वाग्ले

काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...

प्रधानमन्त्री बालेनलाई ज्ञवालीको प्रश्न : बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई  मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...

मापदण्ड मिचेको निष्कर्षपछि रोकिएको विष्णुमतीको घर पुन: भत्काउन सुरु

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending