Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

आरन व्यावसायीलाई कोइला अभाव

खबरडबली संवाददाता

रामपुर । विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो ।  विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो । हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन् । यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन् । 

पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गरे । बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उनी बताउँछन् । गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उनले बताए । “आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो”, उनले भने, “किनेर चलाउनुपर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ ।”

उनले अहिले कोइला किनेर दुःख सुखले पुर्ख्यौली व्यवसाय धानिरहेका छन् । हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउँछन् । पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उनले तयार पार्छन् । उनले न्यूनतम रु दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्छन् । उनी यस व्यवसायबाट मासिक रु ३० हजार बराबरको कमाई गर्दै आएका छन् । 

उनी भन्छन्, “बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन् ।” अहिले उनले भैंसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहेका छन् । व्यवसायमा वेल्डिङ्ग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न सङ्घसंस्थाबाट उनले सहयोगको अपेक्षा गरेका छन् । सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राखेका छन् ।

उनले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहेका छन् । विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्छन् । गाउँघरमा लोप हुँदै गरेको यस व्यवसायमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।  उनी वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहेका छन् । उनले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाए । उनले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहेका छन् ।

रामपुर नगरपालिका–५ सुन्दरटोलका ६५ वर्षीय इन्द्रबहादुर विक पनि यस व्यवसायमा संलग्न रहेका छन् । उनी घरको एक छेउमा जस्तापाता लगाएको छानोमुनि बसेर आरनको काम गर्छन् । उमेर बुढ्यौलीपन लागे पनि समुदायबाट यो व्यवसाय लोप हुँदै गएकामा उनी चिन्ता व्यक्त गर्छन् । विकले यो व्यवसाय साढे चार दशकदेखि निरन्तर धान्दै आएका छन् । घरमै बसेर एक महिनामा रु २० हजारदेखि ३० हजारसम्म कमाउन सकिने उनले बताए ।

उनले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्छन् । हातले कुँदेर बनाइएको कोदालो, बञ्चरो आकार हेरेर रु छ सयदेखि रु एक हजार, हँसिया रु एकदेखि तीन सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए । पहिले गाउँमा प्रशस्त मात्रामा कोइला पाउँदा व्यवसाय सजिलोसँग धानिए पनि अहिले भने कोइला पाउन गाह्रो हुँदा सबैले छाड्दै गएको विक बताउँछन् ।

“घरपिच्छे आरन चल्थ्यो, कोइला गाउँमा जताततै सित्तैमा पाइन्थ्यो, व्यवसाय चलाउन समस्या थिएन, कोइला बिना आरन चल्दैन, कोइलामा लगानी गर्नुपर्दा व्यवसायीलाई समस्या थपिएको छ”, उनले भने । गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन् । विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् । स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ । घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै कमाउन सकिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending