Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता : मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यक्ता देखिएको बताइन् ।

उनले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्ने बताइन् । 
उनले भनिन्, ‘दूरसञ्चार सेवालाई गुाण्स्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यक्ता हो । दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथ संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यक्ता छ । दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेछ ।

ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ रु यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्नेछ ।प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु हुँदैन ।’

मन्त्री शर्माले प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु नहुने पनि उल्लेख गरिन् । मन्त्री शर्माले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नविनतम प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यक्ता देखिएको बताइन् । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानूनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानून परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री शर्माको भनाइ छ । 

उनले भनिन्, ‘कोषको रकमबाट दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवाप्रवाहको प्रभावकारी व्यवस्थाका लागि प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन आवश्यक छ । प्रविधिमा आएको विकाससँगै एआई, ब्ल्याक चेन, आईओटी, फाइभजी जस्ता नविन प्रविधिहरुको विकास भएको छ ।  नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आएपनि विश्वव्यापी सूचकमा भने अझै धेरै पछि छ । विश्वमानचित्रमा दूरसञ्चारको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्छ ।

सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नविनतम प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यक्ता छ । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानूनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानून परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

मन्त्री शर्माले साइबर सुरक्षा, गोपनयिता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानूनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको बताइन् । उनले दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्युन गरी दूरसञ्चार सेवा सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा बिस्तार गरी सेवा सर्वसुलभ बनाउन र वातावरण संरक्षणका लागि दूरसञ्चारका पूर्वाधार निर्माण तथा प्रयोगलाई व्यवस्थित गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगको नीति अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भइरको विकाससँगै भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप र विपद्को समयमा पनि दूरसञ्चार सेवालाई निरन्तर सुचारु गरी सबै संरचना एवं पूर्वाधारलाई प्रकोप उत्थानशील हुनेगरी प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।  मन्त्री शर्माले कतिपय कामहरु कानूनको प्रावधानका कारण सम्पन्न हुन नसकेको बताइन् । उनले नियामक निकाय र सेवाप्रदायक संस्थाहरु पनि सेवाग्राहीसँग गम्भीर बन्न जरुरी रहेको स्पष्ट पार्दै मुख्य शहरका अव्यवस्थित तारहरु हटाएर अघि बढ्न आवश्यक रहेको बताइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending