Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

वर्षा नहुँदा समयमा उदयपुरमा मकैखेती गर्न कठिनाइ

खबरडबली संवाददाता

उदयपुर । यसपटक अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् ।

माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ । तर अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ ।

मकैखेतीको मौसम सुरु भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगर भन्छन्, ‘माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन ।’

अहिलेसम्म एकपटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ । उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले समयमा मकैखेती गर्न नपाएको गुनासो गर्दै भन्छन्, ‘खडेरीले मर्क छर्न समस्या भएको छ ।’

विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई(चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन । सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ ।

फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनको भनाइ छ । खडेरी बढ्दै गएकाले मकै छर्न ढिलाइ भएको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक वीन्द्रबहादुर मगर बताउँछन् ।

त्रियुगा नगरपालिका(१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षअघि पनि अहिलेको जस्तै समस्या आएको स्मरण गरे । उनी भन्छन्, ‘त्यो बेला पुसदेखि एकपटक पनि वर्षा भएन, जबर्जस्ती फागुन सुक्खामा मकैखेती गर्‍यौँ । जबर्जस्ती उम्रेका बिरुवा सबै मरे, विसं २०७४ मा पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै रहेन ।’

दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भयो । बीउ नै नरहेपछि गत वर्ष मकैखेती गर्ने जिल्लाका पहाडी क्षेत्रका कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनुपरेको बताउँछन् । यहाँका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाइएको छ ।

उदयपुरमा १८ हजार चार सय हेक्टर जग्गामा मकैखेती हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी तथा सहायक अधिकृत महेश चौधरी बताउछन् ।

रौतामाई गाउँपालिका, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकासहित त्रियुगा नगरपालिका कटारी बेलका र चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रमा अधिकांश कृषक मकैखेतीमा निर्भर हुँदै आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending