Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता

काठमाडौँ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। 

भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रममा तिमिल्सिनाले मुलुकको सुशासनको लागि भष्ट्राचार अन्त्य गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग भष्ट्राचारविरुद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यदिशासम्बन्धी कार्यक्रममा उनले भने, “मुलकको सुशासन, देशको अर्थतन्त्र सुदृढ बनाउन, राष्ट्रिय गौरव आयोजना समयमा पूरा गर्न र राष्ट्रिय सहमति गर्ने वातावरण बनाउन जरुरी छ । सम्पूर्ण विषयलाई स्वतन्त्र छानविन गरी म, हामी जो परे पनि कारवाही गर्न तयार हुनुपर्छ ।”

सबै राजनीतिक दल, व्यक्ति, विभिन्न निकायका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले हामी जे बौल्छौँ, त्यही गर्छौँ भने भष्ट्राचार सखाप हुने बताए। 

कार्यक्रममा समयको दुरुपयोग पनि भष्ट्राचार भएको भन्दै प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले भने, “समयभित्र तोकिएको कार्यक्रम नसक्दा, उपस्थित नहुँदा अन्य कार्यमा प्रभाव पार्ने हुनाले समयको दुरुपयोग पनि भष्ट्राचार हो । जसको अन्त्य व्यक्तिको इमानदारिता, चरित्रबाट सम्भव रहेकाले व्यक्ति आफैँबाट सुरुआत गर्न जरुरी छ । जवसम्म चेतनाको वृद्धि, राष्ट्रप्रतिको जिम्मेवारी महसुस हुँदैन तवसम्म भष्ट्राचार मुक्त हुन सक्दैन ।”

प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले भष्ट्राचारीलाई दण्ड सजाय कमजोर रहेकाले भष्ट्राचार मौलाएको बताउँदै सबै राष्ट्रप्रति जिम्मेवार हुन आवश्यक रहेको विचार व्यक्त गरे। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending