Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

१० चिया उत्पादक कम्पनी पुरस्कृत

खबरडबली संवाददाता

कीर्तिपुर । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण) का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो । 

यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् । 

यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् ।  आर्थिक वर्ष २०७७–७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन्।

नेपालबाट गत आवमा रू तीन अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको कार्यक्रममा किसानले गुनासो गरे । नेपालबाट वार्षिक रू १० अर्बभन्दा बढीको चिया निर्यातको सम्भावना छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending