काठमाडौँ । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ ।
संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ ।
जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको थियो । ‘कालापत्थर घोषणापत्र’ पछि सो क्षेत्र आसपास बर्सेसि कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री डा विमला राई पौड्याल, युएई राजदूतावासका प्रतिनिधि, विज्ञलगायतको सहभागिता रहने उनले बताइन् ।
“कार्यक्रममार्फत हामी जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका समस्या उजागर गरोस् भनी सम्बन्धित निकायलाई दबाब दिन चाहन्छौँ”, उनले भने । फागुन २४ गते जलवायुका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी विज्ञको समुपस्थितिमा सगरमाथाको स्याङ्बोचेमा जलवायु न्यायका लागि विशेष अन्तरक्रिया गरिने, फागुन २५ गते सगरमाथाकै नाम्चेमा जलवायुले महिलाको जनजीवनमा पारेको असरका विषयमा अर्को सेमिनार आयोजना गरिने अध्यक्ष कार्कीले बताइन् ।
हिमाली जनजीवन विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य छ ।
यसैगरी सो संस्थाले आगामी चैत ३ गते ‘जलवायु परिवर्तनको गाम्भियर्ता र जलवायु न्याय’ शीर्षकमा काठमाडौँमा राष्ट्रियस्तरको बृहत् अन्तरक्रिया गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: