Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक : बिजुक्छे

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताएका छन्।

आज भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भाजुपोखरीको पुनःनिर्माणको स्थलगत निरीक्षण गर्दै उनले इतिहासका सबै कुरालाई लिपिबद्ध गर्दै लगियो भने मानव सभ्यताको विकास बुझ्न सहज हुने बताए।

उनले भने, “हाम्रो देशको इतिहास अरूले नभई हामी आफँैले लेखेको हुनुपर्छ । इतिहास र भूगोलबिनाको शिक्षा अपूर्ण र अधुरो हुने भएकाले विद्यालय र कलेजमा देश–विदेशका इतिहास एवं भूगोलबारे अनिवार्यरूपमा पठनपाठन गराउनुपर्छ ।”

अध्यक्ष बिजुक्छेले विसं २०२०–२१ देखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्धरूपमा उत्खनन कार्य भइरहेको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अङ्ग भएकाले सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको बताए। पोखरीमा पानी भर्ने कार्यसँगै छिट्टै सर्वसाधारणका लागि पोखरी खुला हुने उनले बताए।

पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पोखरी नेपालकै प्राचीन सम्पदाको रूपमा रहेको उल्लेख गर्दै काठमाडौँको रानीपोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो देखि नै यो पोखरी इतिहासमा उल्लेख रहेको बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending