Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

सुशासन प्रवद्र्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

खबरडबली संवाददाता

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिए । उनले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताए । 

“हामीले सुरुमा उपमहानगरभित्र नै प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भनेर इ–हाजिरी र सेवाग्राहीले अनलाइनमै आफ्नो विवरण पेश गर्ने गरी काम सुरु गरेका छौँ”, उपमहानगर प्रमुख साहले भने, “अब बिस्तारै नागरिकले कर तिर्न पनि लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ । त्यसमा उपमहानगरपालिका लागिरहेको छ ।”

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइने बताए । उनले गत भदौपछि इ–हाजिरी सुरु गरेको र सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“सकेसम्म हाम्रा सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ । आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र० सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत शशीले भने, “राजस्व व्यवस्थापन सूचना प्रणाली ९आरएमआइएस० को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै पहिलो स्थानीय निकाय हुनेछौँ ।”

जनकपुरधाम उपमहानरपालिका चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषा जिल्लाकै पहिलो स्थानीय निकाय हो । प्रमुख प्रशासकीय अधिकृत शशीले उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना रहेको र योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिने पनि बताए ।

“सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ । छिट्टै यसको कार्यान्वयन हुने गरी काम गर्छौं”, शशीले भने।  

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना रहेको र अहिले सामाजिक सुरक्षा पञ्जीकरण कार्यका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढेको उपमहानगरपालिकाले जनाएको छ । 

“उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ । डिजिटल नक्सा र यहाँका घरहरुको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ । यसले सेवा प्रवाहमा थप सहजता ल्याउने छ”, शशीले अगाडि भने। सामाजिक सुरक्षा पञ्जीकरण कार्यलाई सहज बनाउन हाल ३५ जना कम्प्युटर अपरेटर नियुक्त भई आवश्यक कार्य सुरु गरिसकेको पनि शशीले जनाकारी दिनुभयो ।  

जनकपुर धार्मिक नगरी पनि भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम पनि सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० वटा सिसीटिभी जडान गरेकोमा अब नगरपालिकाले पनि मुख्य तथा अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ ।  

अहिले जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याएको छ । “डिजिटल जनकपुरधामको योजना साकार पार्न अहिले हामीले जनकरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याइसकेका छौँ”, उपमहानगर प्रमुख साहको भनाइ थियो, “अब यहाँका हरेक घरहरुको डिजिटल ‘कोडिङ’को काम भएमा सुरक्षादेखि हरेक गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्नेछ ।”

उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्ने पनि ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको भनाइ छ । उनले अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जु, अनुगमन, गुनासा व्यवस्थापनलगायतका काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्न नगरपालिकाले आवश्यक प्रविधि सुधारको काम गरिरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending