Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुशासन प्रवद्र्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

खबरडबली संवाददाता

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिए । उनले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताए । 

“हामीले सुरुमा उपमहानगरभित्र नै प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भनेर इ–हाजिरी र सेवाग्राहीले अनलाइनमै आफ्नो विवरण पेश गर्ने गरी काम सुरु गरेका छौँ”, उपमहानगर प्रमुख साहले भने, “अब बिस्तारै नागरिकले कर तिर्न पनि लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ । त्यसमा उपमहानगरपालिका लागिरहेको छ ।”

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइने बताए । उनले गत भदौपछि इ–हाजिरी सुरु गरेको र सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“सकेसम्म हाम्रा सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ । आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र० सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत शशीले भने, “राजस्व व्यवस्थापन सूचना प्रणाली ९आरएमआइएस० को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै पहिलो स्थानीय निकाय हुनेछौँ ।”

जनकपुरधाम उपमहानरपालिका चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषा जिल्लाकै पहिलो स्थानीय निकाय हो । प्रमुख प्रशासकीय अधिकृत शशीले उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना रहेको र योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिने पनि बताए ।

“सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ । छिट्टै यसको कार्यान्वयन हुने गरी काम गर्छौं”, शशीले भने।  

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना रहेको र अहिले सामाजिक सुरक्षा पञ्जीकरण कार्यका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढेको उपमहानगरपालिकाले जनाएको छ । 

“उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ । डिजिटल नक्सा र यहाँका घरहरुको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ । यसले सेवा प्रवाहमा थप सहजता ल्याउने छ”, शशीले अगाडि भने। सामाजिक सुरक्षा पञ्जीकरण कार्यलाई सहज बनाउन हाल ३५ जना कम्प्युटर अपरेटर नियुक्त भई आवश्यक कार्य सुरु गरिसकेको पनि शशीले जनाकारी दिनुभयो ।  

जनकपुर धार्मिक नगरी पनि भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम पनि सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० वटा सिसीटिभी जडान गरेकोमा अब नगरपालिकाले पनि मुख्य तथा अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ ।  

अहिले जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याएको छ । “डिजिटल जनकपुरधामको योजना साकार पार्न अहिले हामीले जनकरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याइसकेका छौँ”, उपमहानगर प्रमुख साहको भनाइ थियो, “अब यहाँका हरेक घरहरुको डिजिटल ‘कोडिङ’को काम भएमा सुरक्षादेखि हरेक गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्नेछ ।”

उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्ने पनि ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको भनाइ छ । उनले अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जु, अनुगमन, गुनासा व्यवस्थापनलगायतका काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्न नगरपालिकाले आवश्यक प्रविधि सुधारको काम गरिरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending