Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरा महानगरलाई

खबरडबली संवाददाता

काठमाडौं। कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा यही फागुन १४ गते सुरु भएर आज सम्पन्न १३औँ संस्करणको सो प्रतियोगितामा पोखराले २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको हो । रुपा गाउँपालिकाले दुई स्वर्ण र चार कास्यसहित छ पदक प्राप्त गरी द्वितीय बन्यो । 

यसैगरी, नौ रजत र नौ कास्यसहित १८ पदक जितेर माछापुच्छ«े गाउँपालिका तृतीय र बन्यो भने सात रजत र आठ कास्य गरी १५ पदक जितेर अन्नपूर्णले चौथो स्थान हासिल गरेको  छ ।  मादी गाउँपालिका भने प्रतियोगितामा एउटा पनि पदक जित्न सकेन । पोखरा महानगरपालिकाका लागि सविना खातुनले पाँच स्वर्ण र एन्जल अधिकारीले चार स्वर्ण दिए।

पोखरा रामघाटमा रहेको टप्स माविमा कक्षा ९ मा अध्ययनरत खातुनले चार सय मिटर, आठ सय मिटर, हाइजम्प, रिलेतर्फ दुई स्वर्ण गरी पाँच स्वर्ण जिते।

पोखरा–२७ को त्रिवेणी पब्लिक स्कुलका एन्जल अधिकारीले एक सय मिटर, दुई सय मिटर, लङजम्प र रिलेमा गरी चारवटा विधामा स्वर्ण पदक जिते। विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, नेपाल भारत्तोलन सङ्घका केन्द्रीय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट छात्र र छात्रा गरी ९४ खेलाडी छनोट भएका छन् । 

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरेको हो । प्रदेशस्तरीय प्रतियोगितामा छनोट भएका ९४ खेलाडीमध्ये  एथलेटिक्समा २२, भलिबल र कबड्डीमा १८र१८, उसु, कराते र तेक्वान्दोमा समान १२र१२ जना रहेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies