काठमाडौ । नेकपा (एमाले)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमालेले मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए ।
जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए । एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा थप आठ मन्त्रालय थपिएका छन् । जसमा अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक र रक्षा मन्त्रालय छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: