काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन्। कोहलपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए।
उनले औद्योगिक क्षेत्र निर्माण कार्य हुन नसक्दा वार्षिकरुपमा विकास बजेट फिर्ता हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सम्पन्न गर्नसके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दुका रुपमा स्थापना हुने विश्वास व्यक्त गरे।
उद्योग व्यवसायको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल हुने भएकाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री भण्डारीले उल्लेख गरे।
उनले अहिले मुलुकमा ठूला व्यापारीका कारण आर्थिक संकट देखा परेको टिप्पणी गर्दै उद्योगी र व्यापारीलाई चर्को शुल्क लिने नेपाल सरकार मातहत रहेका बैंक नभएको दाबी गरे।
उनले सबै निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै उद्योगी रहेको उल्लेख गर्दै निजी बैंकको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या देखा परेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतले विद्यमान उद्योगी व्यवसायीका समस्या मन्त्री भण्डारीलाई जानकारी गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: