Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा छलफल

खबरडबली संवाददाता
काठमाडौ । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेको छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।
 
भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिईन् । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताईन् ।
 
मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो । 
 
भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राख्नुभएको थियो ।
 
भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आउनुभएको हो । नेपाल आएलगत्तै उहाँ  सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । 
 
सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।
 
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending