Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

खबरडबली संवाददाता

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ ।

परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले गरेको अपेक्षाअनुसार मौद्रिक नीतिका व्यवस्थाहरु आउन नसकेको बताएको हो । “निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर आदिका कारण बजार अपेक्षित चलायमान हुन नसकि उद्योगी व्यवसायीको आत्मबल कमजोर भएको समयमा राष्ट्र बैंकबाट व्याजदरमा कमि ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति आउने सबैको अपेक्षा थियो । अर्धवार्षिक समिक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरुप उच्च गर्न नसकेको हामीले महशुस गरेका छौंँ”, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, मौद्रिक नीतिको समीक्षाले साना तथा मझौला उद्योगलाई भने केही हौसला दिन खोजेको परिसङ्घको भनाइ छ । गत पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको रू दुई करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनरतालिकिकरण गर्न दिने व्यवस्था सकारात्मक रहेको परिसङ्घको भनाइ छ । साथै सबै ऋणीको कर्जा पुनःसंरचना र पुनरतालिकीकरण गरिनुपर्ने सुझाव दिएको छ ।
 
“लामो समय देखिको विषम परिस्थिति, बजारको चर्को ब्याजदर, घट्दो बजार मागलगायत कारणले वित्तीय असन्तुलन भई कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न नसकिरहेका सम्पूर्ण उद्योग व्यवसायलाई आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनरतालिकिकरण गर्न दिनुपर्ने छ”, परिसङ्घले विज्ञप्तिमार्फत् भनेको छ । यो विषयलाई राष्ट्र बैंकले आगामी निर्देशनबाट सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।  

राष्ट्र बैंकले दैनिक तरलता सुविधा अन्तर्गत ओभरनाइट तरलता सुविधा एक दशमलव पाँच प्रतिशत बिन्दुले कम गरेकामा यसले मुद्रा बजारको ब्याजदरमा केहि कमी ल्याउन सहयोग गर्ने परिसङ्घको बुझाइ छ ।

त्यस्तै, कर्जाको वर्गीकरणमा पुनरावलोकन गर्न र पुँजी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउनका लागि केही महत्वपूर्ण व्यवस्था गर्न आवश्यक रहेको परिसङ्घले जनाएको छ । बजारलाई चलायमान बनाइ पुँजीको सिर्जना गर्न साना, मझौलालगायत ठूला उद्योगमा कर्जाको सहज प्रवाह, पुँजी बजार, कमर्सियल हाउजिङ्ग तथा अपार्टमेन्टमा लगानी सहज बनाउन तथा विभिन्न लगानीमा एक सय ५० प्रतिशतसम्म जोखिम कम गर्नुपर्नेलगायतका विषयमा राष्ट्र बैंकले पुरानै प्रावधान कायम राखेको छ । 

अर्धवार्षिक समीक्षा पश्चात् आउने निर्देशनमा उल्लेखित विषयसमेत सम्बोधन गर्न परिसङ्घ पुनः नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टिकरण: समन्वयमै करिडोर विस्तारको काम भएको हो

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...

ओली निवासमा गला अवरुद्ध भएका जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...

मेहताको शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री त्रिवि शिक्षण अस्पताल जाने

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...

बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...

ग्यासको कालोबजारी रोक्न 'ट्र्याकिङ' प्रणाली लागू गर्न सांसद अन्सारीको माग

काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending