स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।
नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए ।
“क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्”, उानले भने, “प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।”
पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उहाँको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: